बुधबार, चैत २५, २०८२

बाराका सरकारी कार्यालयको पुँजीगत खर्च ८४ प्रतिशत

 |  आइतबार, भदौ ९, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, भदौ ९, २०८१

पर्सा- मधेस प्रदेश सरकार मातहत रहेका बाराका सरकारी कार्यालयले गत आर्थिक वर्ष २०८०/८१ मा कुल विनियोजित बजेटको ८३ दशमलव ६९ प्रतिशत अर्थात दुई अर्ब २७ करोड दुई लाख ३७ हजार आठ सय ३४ रूपैयाँ रकम पुँजीगत खर्च गरेका छन्।

National life

मधेस प्रदेश सरकारले गत आवमा प्रदेश सरकार मातहतका १५ वटा सरकारी कार्यालय र १६ वटा स्थानीय तहका लागि पुँजीगत र चालुतर्फ दुवै गरेर तीन अर्ब ७० करोड ८० लाख सात हजार तीन सय ७० रूपैयाँ रकम विनियोजन गरेको थियो।

प्रदेश लेखा एकाइ कार्यालयका प्रदेश कोष नियन्त्रक श्यामउदय ठाकुरले बाराका सरकारी कार्यालयले गत आवमा विनियोजित बजेटको चालु र पुँजीगत दुवैतर्फ गरेर ८१ दशमलव ०९ प्रतिशत अर्थात तीन अर्ब ६९ लाख ५४ हजार तीन सय ९५ रूपैयाँ रकम खर्च भएको जानकारी दिए।

'गत आवमा बाराका सरकारी कार्यालयको चालु र पुँजीगत दुवैतर्फ गरेर समग्रमा ८१ दशमलव ०९ प्रतिशत खर्च भएको छ। गत आवको समग्रमा खर्च उत्साहप्रद रहेको छ', उनले भने, 'बाराका सरकारी कार्यालयको चालु खर्च ७४ दशमलव ०२ प्रतिशत छ।'

उनले बाराका सरकारी कार्यालयले गत आवमा पुँजीगत खर्च पनि उत्साहजनक ढंगले गरेको जानकारी दिए।

kumari

प्रदेश सरकारले बाराका १६ पालिकाका लागि २० करोड ४२ लाख ३६ हजार बजेट विनियोजन गरेकामा सो अवधिमा १६ करोड ४२ लाख ३५ हजार छ सय ७९ रूपैयाँ रकम खर्च गरेका छन्।

बाराका सरकारी कार्यालयले गत आवमा ११ करोड ११ लाख ७७ हजार चार सय २७ रूपैयाँ रकम संकलन गरेका छन्। प्रदेश लेखा एकाइ कार्यालयको कार्यक्षेत्र बारा र पर्सा हुन्। रासस

प्रकाशित: Aug 25, 2024| 19:31 आइतबार, भदौ ९, २०८१
प्रतिक्रिया दिनुहोस्