शुक्रबार, पुस ४, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • गरिमा विकास बैंकलाई ‘द बेस्ट बैंक इन द एसेट्स क्वालिटी’ अवार्ड

गरिमा विकास बैंकलाई ‘द बेस्ट बैंक इन द एसेट्स क्वालिटी’ अवार्ड

 |  आइतबार, भदौ ९, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, भदौ ९, २०८१

काठमाडौं- गरिमा विकास बैंक भारतीय चेम्बर अफ कमर्सद्वारा ‘द बेस्ट बैंक इन एसेट्स क्वालिटी’ अवार्डबाट सम्मानित भएको छ।

National life

नयाँ दिल्लीमा आयोजित इमर्जिङ एसिया बैंकिङ कन्क्लेभ एन्ड अवार्ड प्रतिस्पर्धामा नेपालसहित बिम्स्टेक देशहरु भारत, बंगलादेश, श्रीलंका, भुटान र म्यानमारका बैंक तथा वित्तीय संस्थाहरु सहभागी थिए।

कर्जा तथा अन्य लगानीको गुणस्तर उत्कृष्ट रहेका बैंक तथा वित्तीय संस्थाहरुले प्राप्त गर्ने उक्त अवार्डको प्राप्तिसँगै गरिमा विकास बैंकले प्रवाह गर्ने कर्जा तथा अन्य लगानीको गुणस्तर उत्कृष्ट रहनुका साथै सुरक्षित समेत रहेको संकेत विकास बैंकले महशुस गरेको जनाएको छ।

कार्यक्रममा विकास बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत माधव प्रसाद उपाध्याय र ट्रान्जेक्सन बैंकिङ इकाइ प्रमुख नकुल पौडेलको उपस्थिति थियो। यस अवसरमा आयोजित ‘ड्राइभिङ एफिसिएन्सीज अक्रोस द भ्यालु चेन’ विषयक बहसमा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत माधव प्रसाद उपाध्याय नेपालको तर्फबाट डेभलपमेन्ट बैंकर्स एसोसिएसनको प्रतिनिधित्व गर्दै वक्ताको रुपमा सहभागी थिए।

कार्यक्रममा उनले नेपालको बैंकिङ परिदृष्य, बैंकिङमा प्रविधिको प्रयोग र आगामी चुनौतीको सम्बन्धमा आफ्नो धारणा समेत प्रस्तुत गरेका थिए।

Laxmi sunrise bank
kumari

बहस कार्यक्रममा गरिमा विकास बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत माधव प्रसाद उपाध्यायसँगै बैंक अफ भुटानका प्रमुख कार्यकारी अधिकृत दोर्जी कादिन, स्टेट बैंक अफ इन्डियाका चिफ जनरल म्यानेजर राजिव रञ्जन प्रसाद र न्यूजेन सफ्टवेयर टेक्नोलोजी प्रालिका उपाध्यक्ष तथा दक्षिण एशिया व्यवसाय प्रमुख सुनिल पण्डिता मुख्य वक्ताको रुपमा थिए।

कन्क्लेभमा श्रीलंकाको केन्द्रीय बैंकका डेपुटी गभर्नर र बंगलादेशको केन्द्रीय बैंकका कार्यकारी निर्देशक समेत वक्ताको रुपमा सहभागी थिए।

प्रकाशित: Aug 25, 2024| 16:36 आइतबार, भदौ ९, २०८१
प्रतिक्रिया दिनुहोस्