बुधबार, चैत २५, २०८२

सुनको भाउ एक हजार बढ्यो

 |  आइतबार, भदौ ९, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, भदौ ९, २०८१

National life
kumari

काठमाडौं- साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य एक हजार रुपैयाँ बढेर कारोबार भइरहेको छ।

आजका लागि छापावाल सुनको मूल्य प्रतितोला एक लाख ५२ हजार ४०० रुपैयाँ तोकिएको छ। गत शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ५१ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो।

चाँदीको मूल्य पनि ३५ रुपैयाँ बढेर एक हजार ८५० रुपैयाँमा कारोबार भइरहेको छ। गत शुक्रबार चाँदी प्रतितोला एक हजार ८१५ रुपैयाँमा कारोबार भएको थियो।

प्रकाशित: Aug 25, 2024| 11:33 आइतबार, भदौ ९, २०८१
प्रतिक्रिया दिनुहोस्