शुक्रबार, भदौ ५, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • माओवादी केन्द्रीय समिति बैठकमा अध्यक्षतको प्रस्तावमा सुझाव दिने क्रम सुरु

माओवादी केन्द्रीय समिति बैठकमा अध्यक्षतको प्रस्तावमा सुझाव दिने क्रम सुरु

नेकपा माओवादीको जारी केन्द्रीय समितिको बैठकमा समूहगत रूपमा अध्यक्ष पुष्पकमल दाहालको राजनीतिक र सांगठनिक प्रस्तावमा सुझाव दिने क्रम सुरू भएको छ।
 |  आइतबार, साउन ३१, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, साउन ३१, २०७८

काठमाडौं- नेकपा माओवादीको जारी केन्द्रीय समितिको बैठकमा समूहगत रूपमा अध्यक्ष पुष्पकमल दाहालको राजनीतिक र सांगठनिक प्रस्तावमा सुझाव दिने क्रम सुरू भएको छ। 

बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा शनिबारदेखि सुरू भएको केन्द्रीय समितिको दोस्रो दिनको बैठकमा केन्द्रीय सदस्यहरूले छलफल गरिरहेका हुन्। 

शनिबार अध्यक्ष प्रचण्डले आठ बुँदे राजनीतिक र सांगठनिक प्रस्ताव पेश गरेका थिए। उक्त प्रस्तावमा छलफलका लागि केन्द्रीय सदस्यहरूलाई आठ समूहमा विभाजन गरिएको थियो। आजको दोस्रो दिनको सत्र सुरू भएसँगै केन्द्रीय सदस्यहरूले त्यसमा आफ्नो सुझाव राख्ने क्रम सुरू भएको हो। 

नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको पूर्ण बैठकमा विधान संशोधनको विषयमाथी पनि छलफल हुने कार्यक्रम रहेको छ। केन्द्रीय सदस्यहरूको सुझाव, सांगठनिक छलफललगायत नेताहरूको कार्यविभाजनसमेत गरिने भएकाले केन्द्रीय समितिको बैठक केहीदिन लम्बिन सक्ने नेताहरूले बताएका छन्। 

आजको केन्द्रीय समितिको बैठक बस्नु अघि बिहान पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा नेकपा माओवादी केन्द्रको स्थायी समितिको बैठक बसेको थियो। उक्त स्थायी समितिको बैठकले आज प्रस्तुत हुने सुझाव र अबको रणनीतिका बारेमा छलफल गरेको थियो।

माओवादी केन्द्रको बैठकमा अध्यक्ष पुष्पकमल दाहालले पार्टी कमिटीका अधिवेशन, संगठन निर्माण लगायतको प्रस्ताव प्रस्तुत गरिसकेका छन्। माओवादी केन्द्रले पौष ११, १२ र १३ मा राष्ट्रिय सम्मेलन गर्ने प्रस्ताव प्रस्तुत गरेको छ। केन्द्रीय समितिको बैठकले उक्त प्रस्ताव पारित गरेमा त्यसै अनुसार देशव्यापी रूपमा त्यसको तयारी थालिने जनाइएको छ।

प्रकाशित: Aug 15, 2021| 12:05 आइतबार, साउन ३१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...