काठमाडौं- भारत-पाकिस्तान सीमा क्षेत्र कश्मिरमा भएको भिड्न्तमा दुई नेपालीको मृत्यु भएको छ । भारतीय सेनामा कार्यरत रुपन्देहीको तिलोत्तमा–९, तुलसीपुरका सुवेदारद्वय गमरबहादुर थापा र रमन थापाको मृत्यु भएको हो ।
भारतको कुपवाडा जिल्लामा भएको पाकिस्तानी सेनाले गरेको आक्रमणमा उनीहरूको मृत्यु भएको भारतीय सेनाले जनाएको छ ।
शुक्रबार पाकिस्तानको स्नाइपर आक्रमणमा परेका उनीहरुको श्रीनगरस्थित ९२ बेस अस्पतालमा लैजाने क्रममा मृत्यु भएको हो । ४२ वर्षीय गमरबहादुर सन् १९९३ मा २/८ गोर्खा राइफल्समा भर्ती भएका थिए । उनका पत्नी र दुई छोरा छन् ।
त्यस्तै, ३९ वर्षीय रमन सन् १९९६ मा भर्ती भएका थिए । रमनका सात वर्षीय एक छोरा छन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४