शुक्रबार, पुस ४, २०८२

एपिक न्यू स्विफ्ट नाडा अटो शोमा सार्वजनिक हुँदै

 |  शुक्रबार, भदौ ७, २०८१

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ ७, २०८१

काठमाडौं- नेपालका लागि सुजुकी ब्रान्डका चार पाङ्ग्रे सवारी साधनका आधिकारिक वितरक सी जी मोटोकर्पले नाडा अटो शो २०८१ मा एपिक न्यू स्विफ्ट सार्वजनिक गर्न तयारी गरेको छ।

National life

सीजी मोटोकर्पका अनुसार, गाडी पहिलो दिनदेखि नै अटो शोमा ग्राहकहरूको लागि प्रदर्शनमा राखिनेछ भने  मूल्यको  जानकारी पनि सोही समयमा उपलब्ध गराइने छ।

स्विफ्ट, नेपाली अटोमोबाइल क्षेत्रमा पहिलादेखि नै पर्यायवाचीको रुपमा रहँदै आएको छ । स्विफ्टलाई नेपाली ग्राहकहरूले यसको स्पोर्टी लुक्स, शक्तिशाली  इन्जिन, प्रशस्त क्याबिन स्पेस, र ड्राइभर–मैत्री ह्यान्डलिङका कारण रुचाएका हुन् ।

नयाँ एपिक स्विफ्टको  नयाँ जेड–सिरिज इन्जिन आधुनिक पावरट्रेन भएको कम्पनीको भनाइ छ । एपिक नयाँ स्विफ्टमा थुप्रै नया युगका  प्रविधि र फिचरहरु समाबेश छ, जसले ग्राहकको ड्राइभिङ अनुभव आरामदायी र रमाइलो हुने कम्पनीले बताएको छ।

यसको क्याबिनमा ‘सेन्टर फ्लोटिङ डिजाईन’ सहितको नयाँ लेआउट छ जसले प्रिमियम फिल र आरामदायी ड्राइभिङ अनुभव प्रदान गर्दछ। सुजुकीले स्विफ्टमा पहिलो पटक आफ्नो नयाँ जेड–सिरिज इन्जिनको प्रयोग गरेको छ।  यो अत्याधुनिक इन्जिन पावरफूल मात्र नभई यसले सेग्मेन्टमा  सबैभन्दा धेरै  २५.७५ कि.मि/लिटरसम्मको माइलेज प्रधान गर्नेछ जुन पुरानो स्विफ्ट भन्दा १४ प्रतिशतले ज्यादा हुन्छ।

Laxmi sunrise bank
kumari

नयाँ चौथो जेनेरेसन  स्विफ्टले आफ्नो स्टाइलिस लुक, आधुनिक फिचर, पावरफूल इन्जिन, उत्कृष्ट  माइलेज र सुरक्षा सुविधाहरूले ह्याचब्याकको  परिभाषा बदल्ने विश्वास कम्पनीले लिएको छ। 

प्रकाशित: Aug 23, 2024| 12:28 शुक्रबार, भदौ ७, २०८१
प्रतिक्रिया दिनुहोस्