आइतबार, मंसिर २८, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • ग्लोबल आइएमई बैंक र फण्ड म्यानेजमेन्ट लिमिटेडबीच सम्झौता

ग्लोबल आइएमई बैंक र फण्ड म्यानेजमेन्ट लिमिटेडबीच सम्झौता

 |  शुक्रबार, भदौ ७, २०८१

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ ७, २०८१

काठमाडौं- ग्लोबल आइएमई बैंक र आध्यान्त फण्ड म्यानेजमेन्ट लिमिटेडबीच साना तथा मझौला कर्जाको क्षेत्रमा वित्तीय पहुँच र लगानी विस्तारसम्बन्धी सम्झौता भएको छ ।

National life

सम्झौतापत्रमा बैंकका साना, मझौला तथा खुद्रा कर्जा प्रवर्द्धन विभाग प्रमुख चित्रकुमार चालिसे तथा आध्यान्त फण्ड म्यानेजमेन्ट लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सन्तोष थापाले हस्ताक्षर गरेका छन्।

आध्यान्तले साना तथा मझौला उद्यमीको व्यापार विस्तार तथा व्यावसायिक क्षमता अभिवृद्धि गर्न प्राविधिक सहायता तथा परामर्शलगायतका सेवा प्रदान गर्दै आएको छ । बैंक र आध्यान्तबीचको सहकार्यले उद्यमीलाई विभिन्न प्रकारका तालिम तथा वित्तीय पहुँच सहज बनाउँदै मुलुकको अर्थतन्त्रमा टेवा पुर्‍याउने विश्वास लिइएको छ ।

आध्यान्तको साना तथा मझौला क्षेत्रमा रहेको अनुभव उपयोग गरी यो क्षेत्रका उद्यमीको व्यापार व्यवसाय विस्तार र उद्यमशीलता पहुँच विस्तार गर्दै बैंकले साना तथा मझौला क्षेत्रमा कर्जा प्रवाह गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ ।

प्रकाशित: Aug 23, 2024| 12:25 शुक्रबार, भदौ ७, २०८१
प्रतिक्रिया दिनुहोस्