सोमबार, मंसिर १, २०८२

सलमान बने इन्‍डियन आइडल

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
सोनी टीभीबाट प्रसारित भारतीय चर्चित गायन रियालिटी सो इन्डियन आइडल सिजन १० को उपाधि सलमान अलीले जितेका छन्।

प्रतियोगिताको फाइनल चरणमा फस्ट रनरअप अंकुश भारद्वाज र सेकेन्ड रनरअप निलान्जना रे घोषित भए। टप ५ मा सलमान, बिभोर प्रसर, निलान्जना, निथिन कुमार र अंकुश भारद्वाज पुगेका थिए। हरियाणाका सलमानले पुरस्कारस्वरूप २५ लाख भारतीय रुपैयाँ जितेको छन्। 

आइडलको निर्णायकमा अनु मलिक, विशाल दडलानी र नेहा कक्कड थिए। तर, अनु मी टु काण्डमा परेपछि उनलाई हटाएर गायक जावेद अलीलाई निर्णायक बनाइएको थियो। 

आइतबारको फिनालेमा फिल्म जिरोका शाहरुख खान, कैट्रिना कैफ र अनुष्का शर्मा अतिथिका रूपमा उपस्थित थिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्