काठमाडौं-नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड राजनीतिक प्रतिवेदन सच्याउन तयार भएका छन् ।
उनले बैठकमा आएका सुझावलाई समेटेर प्रतिवेदन परिमार्जन गर्ने आश्वासन दिएका छन्। बुधबार जारी स्थायी समितिको बैठकमा बोल्दै उनले सबैका सुझाव समेट्ने आवश्वासन दिए।
प्रचण्डले पार्टी र सरकारलाई सफल बनाउनका जारी स्थायी समिति बैठक ऐतिहासिक भएको बताए ।
दुई अध्यक्षले
राजनीतिक प्रतिवेदनमा उठेका प्रश्नको जवाफ दिने कार्य तालिका रहेको भएपनि बुधबार प्रचण्डले मात्र डेढ घण्टा लामो धारणा राखेका थिए। प्रधामन्त्री ओलीले भने बिहीबार आफ्नो धारणा राख्ने छन्। संघीय संसदको हिँउदे अधिवेशन बुधबारबाटै सुरु भएको र संसदीय दलको बैठक समेत राखिएकोले ओलीले धारणा राख्न नभ्याएको एक नेताले बताए।
जारी बैठकमा अध्यक्षद्वयको
प्रतिवेदन पुरा नभएको भन्दै
वामदेव गौतम,
भीम रावल, हरिबोल गजुरेललगायत आधा दर्जनले पुरक प्रतिवेदन लिखित रुपमा बैठकमा राखेका छन्।
स्थायी कमिटीको बैठकमा प्रस्तुत गरिएको राजनीतिक प्रतिवेदनमा सरकारले अहिले चुनौतीपूर्ण अवस्था झेलिरहेको दाबी गरिएको छ । प्रतिवेदनमा नेपाललाई प्रयोगशाला बनाउन खोज्ने तत्व सक्रिय भएर लागेको उल्लेख गरिएको छ।
‘अहिलेको परिस्थिति चुनौतिरहित पक्कै छैन। लामो समयदेखि नेपालको अस्थिरतामा खेलिरहेको र नेपाललाई अनुचित उद्देश्य प्राप्तिका लागि प्रयोगको थलो बनाएर आफ्नो अभिष्ट पुरा गर्न अभ्यास्त तत्वहरुका लागि नेपालको राजनीतिक स्थायित्व, हामीले लिएको समृद्धि र आत्मनिर्भर तर्फ अगाडि बढिरहेको र नेपालले स्वतन्त्र राष्ट्रका हैसियतमा निर्णय लिन थालेको र यसको छवि र सामर्थ्य बलियो बन्दै गएको पाच्य हुन सकेको छैन’ बैठकमा पेस गरिएको २२ पेज लामो प्रतिवेदनमा उल्लेख छ।
यो पनि पढ्नुहोस्
भीम रावलको ३५ बुँदेले झस्किए ओली-प्रचण्ड
ओली प्रचण्डलाई चेतावनी : नेता कार्यकर्तालाई नलखेटनुस्, भूत बनेर तर्साउलान्
नेकपा बैठक : बोल्ने १० मध्ये नौ जना ओली प्रचण्डको विपक्षमा
ओली–प्रचण्डको प्रतिवेदन : नेपाललाई प्रयोगशाला बनाउन खोजिँदैछ