बिहीबार, पुस ३, २०८२

अहिलेको गठबन्धनमा शंका गर्नुपर्दैन: देउवा

 |  मंगलबार, भदौ ४, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ ४, २०८१

काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान गठबन्धनका विषयमा शंका गर्नुपर्ने कारण नभएको बताएका छन्। 

National life

कांग्रेस नेता प्रदीप गिरिको दोस्रो स्मृति दिवसका अवसरमा मंगलबार आयोजित कार्यक्रममा बोल्दै देउवाले एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसँग सोचेरै सहमति गरेको बताएका हुन्।

उनले दुई पार्टीमात्रै होइन अन्यलाई पनि समेटेको बताएका छन्। ‘सहमति लुकेको छैन, देखाएरै गरेको सहमति हो,’ उनले भने, ‘सबै पार्टीहरुलाई साथसाथै लिएर जाने हो।’

'ओलीजी र मबीच सहमति भएको छ। केही कुरा लुकाउनुपर्ने छैन। यसमा कसैले शंका गर्नुपर्ने छैन। ओलीजीसँग धेरै सोचिविचारी गरेको सहमति हो, कसैको दबाबमा होइन,’ उनले थपे।

पूर्व प्रधानमन्त्रीसमेत रहेका देउवाले नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)सहित सबैलाई एकसाथ लिएर अघि बढ्ने प्रतिबद्धता जनाए। ‘दुई पार्टी मात्रै होइन, हामीले अरुलाई पनि समेटेका छौं। कांग्रेस र एमालेको सहकार्य अरुको खिलाफमा हुँदै होइन,’ उनले थपे। देउवाले संविधान संशोधन सहमतिमै हुने स्पष्ट पारे।

Laxmi sunrise bank
kumari

प्रकाशित: Aug 20, 2024| 20:24 मंगलबार, भदौ ४, २०८१
प्रतिक्रिया दिनुहोस्