शुक्रबार, असार १३, २०८२

जिप, मोटरसाइकल र स्कुटर ठोक्किँदा युवतीको मृत्यु

 |  मंगलबार, भदौ ४, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ ४, २०८१

vianetvianet

बुटवलको बेलबासमा भएको सडक दुर्घटनामा एक युवतीको ज्यान गएको छ।

बुटवलबाट पश्चिमतर्फ जाँदै गरेको जिप, बँदेल पोखरीबाट महेन्द्र राजमार्गमा निस्कँदै गरेको मोटरसाइकल र मुर्गियाबाट बुटवल आउँदै गरेको स्कुटर एक आपसमा ठोक्किएर दुर्घटनामा परेका थिए।

दुर्घटनामा परी मृत्यु हुनेमा अर्घाखाँचीको सन्धिखर्क नगरपालिका घर भई बुटवल उपमहानगरपालिका- ११ देवीनगर बस्दै आएकी २७ वर्षीया सुश्मा श्रेष्ठ भएको प्रहरीले जनाएको छ।

मुर्गियाबाट लु ८७ प ४५७३ नम्बरको स्कुटरमा बुटवलतर्फ आउँदै गरेकी श्रेष्ठलाई बुटवल उपमहानगरपालिका-१२ शान्तीचोकमा नम्‍बर नखुलेको मोटरसाइकलले ठक्कर दिएको थियो। मोटरसाइकलको ठक्करबाट अनियन्त्रित भएको स्कुटर जिपमा ठोक्किएको थियो।

तीव्र गतिमा रहेको मोटरसाइकलको ठक्करबाट सुष्मा लु १ च ६७८३ नम्बरको जिपको मुनि पुगेकी थिइन्। अस्पताल लैजाँदै गर्दा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
´
घटना सोमबार राति साढे आठ बजेतिर भएको हो। ३ वटै सवारी साधन तीव्र गतिमा भएको प्रहरीको भनाइ छ। जिप चालक प्रहरी नियन्त्रणमा छन् भने मोटरसाइकल चालक फरार छन्।
 

प्रकाशित: Aug 20, 2024| 10:12 मंगलबार, भदौ ४, २०८१
प्रतिक्रिया दिनुहोस्