सोमबार, साउन ११, २०८३

चिसो अझै बढ्ने, काठमाडौंको तापक्रम शून्यमा झर्दै 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमडौं- मुलुकभर अझै चिसो बढ्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

केहि दिन भित्रै काठमाडौंको तापक्रम शून्यमा पुग्ने महाशखाले अनुमान गरेको छ भने देशभर अझै चिसो बढ्ने बताएको छ । अघिल्लो वर्ष पनि काठमाडौं उपत्यकाको तफक्रम शून्यमा झरेको थियो । 

महाशाखाका अनुसार बुधबार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम २ डिग्री सेल्सियस छ भने जुम्लामा माइनस ७ डिग्री रहेको छ । 

हुम्ला, मनाङ, मुस्ताङमा अझै चिसो रहेको बताइएको छ । मनाङको तापक्रम मानइनस १४ डिग्री सेल्सियससम्म पुगेको थियो । जहाँ खोला समेत जमेर बरफ बनेपछि स्थानीयलाई खानेपानीको समेत अभाव भएको थियो । 

राति आकाशमा बादल नभएकाले चिसोको क्रम बढेको मौसमविद्हरुको भनाइ छ । अझै करिब एकसाता भन्दा बढि यो क्रमले निरन्तरता पाउने जनाइएको छ  । मौसमविद् बरुण पौडेलका पहाडी जिल्लाहरुमा भोलि र पर्सी आंशिक बदली हुन सक्ने देखिएको छ ।

अहिले हिमपातको सम्भावना नरहेको पनि उनले बताएका छन् । तत्काल केहि दिन पानी नपर्ने र पानी परेपछि मात्रै हिमपात हुनसक्ने उनले जानकारी दिए । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।