शुक्रबार, असार १३, २०८२

गत आवमा बारामा एक हजार ३४३ साना उद्योग दर्ता

 |  मंगलबार, भदौ ४, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ ४, २०८१

vianetvianet

बारा- घरेलु तथा साना उद्योग कार्यालय, बारामा आर्थिक वर्ष २०८०/८१ मा जम्मा एक हजार तीन सय ४३ वटा साना तथा घरेलु उद्योग दर्ता भएका छन्।

दुई अर्ब २२ करोड १७ लाख ८८ हजार छ सय २७ कुल पुँजीको लागतमा सञ्चालित सो उद्योगको तीन अर्ब ४६ करोड तीन लाख ५५ हजारको वार्षिक उत्पादन क्षमता भएको कार्यालय प्रमुख धर्मेन्द्रलाल कर्णले जानकारी दिए।

नयाँ तथा पुरानो गरी हालसम्म दर्ता भएका वाणिज्यतर्फका एक हजार तीन सय ९६ वटा र साना घरेलुतर्फका एक हजार १७ वटासमेत गरी दुई हजार चार सय १३ रहेका छन्। यसमध्ये वाणिज्यतर्फ दुई सय २९ र साना उद्योगतर्फ एक सय ६० गरी तीन सय ८९ वटाले लगत कट्टी गरेको कार्यालयले जनाएको छ।

बाराका घरलु तथा साना उद्योग कार्यालयले ती उद्योगहरूबाट जम्मा ९६ लाख ४५ हजार दुई सय ५० रूपैयाँ राजस्व संकलन गरेका कर अधिकृत उपेन्द्र यादवले जानकारी दिए।

कार्यालय प्रमुख धर्मेन्दलाल कर्णका अनुसार दर्ता भएका ती उद्योगमा हाल एक हजार पाँच सय ४१ जनाले रोजगारी पाएका छन्। रासस

प्रकाशित: Aug 20, 2024| 06:31 मंगलबार, भदौ ४, २०८१
प्रतिक्रिया दिनुहोस्