बुधबार, पुस २, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • तनहुँमा १६ हजार निजी धारा जडान, दुई लाख ९८ हजार उपभोक्ता प्रत्यक्ष लाभान्वित

तनहुँमा १६ हजार निजी धारा जडान, दुई लाख ९८ हजार उपभोक्ता प्रत्यक्ष लाभान्वित

 |  सोमबार, भदौ ३, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, भदौ ३, २०८१

तनहुँ- खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयले करिब १६ हजार निजी धारा जडान गरेको छ। कार्यालयका अनुसार हालसम्म जिल्लाभरि १५ हजार नौ सय ९४ वटा निजी धारा जडान गरिएको हो।

National life

निजी धारा जडानपछि पानी वितरण हुँदा दुई लाख ९८ हजार १६ जना उपभोक्ता प्रत्यक्ष लाभान्वित भएका डिभिजन कार्यालयकी इञ्जिनियर बिनु लोहनीले जानकारी दिइन्। उनका अनुसार गत आर्थिक वर्षमा दुई हजार निजी धारा जडान गरिएको थियो। उक्त धारा जडानपश्चात् चार हजार सात सय ८० जना प्रत्यक्ष लाभान्वित भएका छन्।

जिल्लामा हालसम्म ९२ प्रतिशत नागरिकमा शुद्ध खानेपानीको पहुँच पुर्‍याइएको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयले जनाएको छ। 'शतप्रतिशत घरमा खानेपानी सेवा पुर्‍याउने लक्ष्यसहित कार्यालयले काम गरिरहेको छ', इञ्जिनियर लोहनीले भनिन्, 'कतिपय अवस्थामा पर्याप्त बजेट नहुँदा आयोजनाको काम प्रभावित हुने गरेको छ।'

उनका अनुसार झाप्रेखोला कैडले खानेपानी, म्याग्देको भकुन्थोक बेलटार खानेपानी, सरङघाट, केशरी खानेपानी, व्यासको बेलटारी डिप बोरिङलगायत केही योजना रकम अभाव र मुहान विवादका कारण सम्पन्न गर्न सकिएको छैन।

संघीय सरकारबाट योजना ससर्त अनुदानमा २७ करोड ५० लाख रूपैयाँ र प्रादेशिक खानेपानी आयोजनातर्फ २१ करोड ९१ लाख रूपैयाँ बजेट विनियोजन भएको थियो।

Laxmi sunrise bank
kumari

विशेष अनुदान खानेपानी आयोजनामा १४ करोड रूपैयाँ र खानेपानी सेवा विस्तार तथा पुनःस्थापनाअन्तर्गत २६ करोड ६८ लाख रूपैयाँ बजेट विनियोजन भएको इञ्जिनियर लोहनीले जानकारी दिइन्।

उनका अनुसार कार्यालयले गत आवमा भौतिक प्रगति ९४ र वित्तीय प्रगति ९२ दशमलव ५१ प्रतिशत हासिल गरेको छ। रासस

प्रकाशित: Aug 19, 2024| 17:01 सोमबार, भदौ ३, २०८१
प्रतिक्रिया दिनुहोस्