सोमबार, माघ १२, २०८२

तनहुँमा करिब आठ करोड विद्युत् बक्यौता

 |  सोमबार, भदौ ३, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, भदौ ३, २०८१

दमौली- नेपाल विद्युत् प्राधिकरण तनहुँ वितरण केन्द्रमा करिब आठ करोड रूपैयाँ विद्युत् बक्यौता बाँकी रहेको छ। आर्थिक वर्ष २०८०/८१ मा केन्द्रमा सात करोड ९७ लाख ७६ हजार एकसय एक रूपैयाँ बक्यौता रहेको हो। 

National life

सबैभन्दा बढी अन्य, कालोसूचीतर्फका ग्राहकबाट तीन करोड ९७ लाख ६६ हजार छ सय ६० रूपैयाँ बक्यौता उठाउन बाँकी रहेको केन्द्रका प्रमुख विजय रेग्मीले जानकारी दिए।

उनका अनुसार गार्हस्थ्यतर्फ एक करोड ६७ लाख ८३ हजार नौ सय ५९, गैर व्यापारिकतर्फ ४० लाख ८४ हजार नौ सय, औद्योगिकतर्फ एक करोड २४ लाख ४४ हजार दुई सय ४२, सडक बत्तीतर्फ एक करोड १४ लाख ६७ हजार तीन सय १७, खानेपानीतर्फ ८९ हजार पाँच सय ९२, चार्जिङ स्टेसनतर्फ ४५ हजार दुई सय चार सय ९९, सिचाइँतर्फ ३६ हजार सात सय चार, मन्दिरतर्फ ४१ हजार पाँच सय ९२ रूपैयाँ बक्यौता बाँकी छ।

आर्थिक वर्ष २०७९/८० मा आठ करोड ५५ लाख ६० हजार चार सय बक्यौता बाँकी थियो। त्यसमध्ये ५७ लाख ८४ हजार दुई सय ९८ बक्यौता उठेको रेग्मीले बताए। उनका अनुसार जिल्लामा विद्युतका ५१ हजार सात सय १७ ग्राहक पुगेका छन्।

आर्थिक वर्ष २०७९/८० सम्म ५० हजार तीन सय ७२ ग्राहक रहेकामा गत आवमा एक हजार तीन सय ४५ ग्राहक थपिएका हुन्। केन्द्रका प्रमुख रेग्मीका अनुसार गार्हस्थ्यतर्फ एक हजार दुई सय २५, गैरव्यापारिकतर्फ २१, औद्योगिकतर्फ दुई, सिचाइँतर्फ ४०, खानेपानीतर्फ १८, चार्जिङ स्टेसनतर्फ दुई, सडकबत्तीतर्फ २४, मन्दिरतर्फ आठ र अन्यतर्फ १२ ग्राहक थपिएका छन्।

Laxmi sunrise bank
kumari

हाल गार्हस्थ्यतर्फ ४९ हजार ३०, गैरव्यापारिकतर्फ पाँच सय ४६, व्यापारिकतर्फ तीन सय ४०, औद्योगिकतर्फ सात सय ७६, सिचाइँतर्फ तीन सय ५६, खानेपानीतर्फ एक सय ८८, चार्जिङ स्टेसनतर्फ दुई, सडकबत्तीतर्फ एक सय ६९, मन्दिरतर्फ दुई सय तीन र अन्यतर्फ एक सय सात ग्राहक रहेका केन्द्रले जनाएको छ।

केन्द्रले गत आवमा पाँच करोड ४० लाख ५९ हजार दुई सय १२ युनिट विद्युत् बिक्री गरेको छ। आव २०७९/८० मा पाँच करोड दश लाख ३२ हजार चार सय ८९ युनिट विद्युत् बिक्री भएको थियो। ग्राहक सङ्ख्या बढेसँगै विद्युत् बिक्री बढेको रेग्मीको भनाइ छ। रासस

प्रकाशित: Aug 19, 2024| 21:01 सोमबार, भदौ ३, २०८१
प्रतिक्रिया दिनुहोस्