काठमाडौं- परराष्ट्रमन्त्री आरजु राणा देउवाले भारतीय विदेशमन्त्री एस जयशंकरसँग भेटवार्ता गरेकी छन्।
चार दिने भ्रमणका लागि परराष्ट्र मन्त्री राणा आइतबार दिल्ली पुगेकी हुन् ।
मन्त्री राणाले आज साँझ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई पनि भेट्ने कार्यक्रम रहेको छ। राणाले भ्रमणका क्रममा स्वास्थ्य उपचार पनि गर्ने उनको सचिवालयले जानकारी दिएको छ ।