शनिबार, जेठ १६, २०८३

जग्गाको झगडामा दाइले गरे बहिनीको हत्या

 |  सोमबार, भदौ ३, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, भदौ ३, २०८१
National life
Shivam cement

म्याग्दीको मालिका गाउँपालिका–३ डाँडागाउँमा एक महिलाको हत्या भएको छ।

डाँडागाउँको गलकोटमा आइतबार राति ३५ वर्षीय दलवीर श्रीपालीले धारिलो हतियार प्रहार गरी सोही ठाउँकी ४३ वर्षीया बिनाकुमारी विकको हत्या गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

हत्यामा संलग्न दलवीरलाई इलाका प्रहरी कार्यालय दरवाङबाट खटिएको टोलीले खतेन गाउँबाट राति नै नियन्त्रणमा लिएको छ। घटनास्थलमा बन्चरो, दाउ र हँसिया फेला परेको छ। मृतकको टाउकोमा चोट लागेको छ। नाताले दिदीभाइ पर्ने उनीहरूबीच केही समयअघि जग्गा किनबेचको विवाद थियो। घटनाबारे थप अनुसन्धान भइरहेको छ।

प्रकाशित: Aug 19, 2024| 08:16 सोमबार, भदौ ३, २०८१
प्रतिक्रिया दिनुहोस्