शनिबार, जेठ १६, २०८३

एकैदिन तीन हजार बढेर सुनको मूल्यमा उच्च रेकर्ड

 |  आइतबार, भदौ २, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, भदौ २, २०८१

काठमाडौं- नेपाली बजारमा आइतबार सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य हालसम्मकै उच्च अर्थात् तोलामा १ लाख ५२ हजार ६०० रुपैयाँ कायम भएको हो। आज एकै दिन सुन तोलामा ३ हजार बढेको हो।

National life

अघिल्लो कारोबार दिन अर्थात् शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ४९ हजार ६०० रुपैयाँ थियो। यसअघि सुनको रेकर्ड मूल्य साउन २९ मा १ लाख ५० हजार ८०० रुपैयाँ कायम भएको थियो।

पछिल्लो समय अमेरिकी अर्थतन्त्रमा देखिएको सुधार र सेयर बजारको वृद्धिले गर्दा सुन बजारमा प्रभाव परेको विश्लेषकहरुको भनाइ छ। यसले गर्दा विश्व बजारमै सुनको माग बढिरहेको अनुमान छ। यस्तै, अमेरिकी डलर मजबुत बन्दै जानु, चीनले सुन भण्डारण बढाउनु लगायतका कारणले पनि सुनको भाउ अन्तर्राष्ट्रिय बजारमै बढेको विश्लेषकहरुको भनाइ छ।

विश्व बजारमा सुनको माग बढेसँगै यसको भाउ पनि बढेको हो। अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्दा त्यसको सिधा प्रभाव नेपाली बजारमा पनि पर्ने गरेको छ, किनकी यहाँ सुन उत्पादन हुँदैन। विदेशबाट नै आयात हुने हो। नेपाल राष्ट्र बैंकले सुन आयात गरी व्यवसायीलाई उपलब्ध गराउने गर्छ।

 

Shivam cement

प्रकाशित: Aug 18, 2024| 11:36 आइतबार, भदौ २, २०८१
प्रतिक्रिया दिनुहोस्