बिहीबार, भदौ ४, २०८३

एसिया कप छनोट क्रिकेट नेपालले आयोजना गर्ने

 |  शनिबार, भदौ १, २०८१

नेपाल समय

नेपाल समय

शनिबार, भदौ १, २०८१

काठमाडौं- आइसिसी १९ वर्षमुनि (यू-१९) क्रिकेट विश्वकप क्रिकेट एसिया छनोट-२०२५ को आयोजना नेपालले गर्ने भएको छ।

आगामी सन् २०२५ को एप्रिल १२ देखि २१ तारिखसम्म हुने उक्त छनोट प्रतियोगिताको आयोजनाको जिम्मेवारी नेपालले पाएको नेपाल क्रिकेट सङघ (क्यान)ले जनाएको छ।

क्यानका अनुसार छनोट प्रतियोगितामा आयोजक नेपालसँगै अफगानिस्तान, हङकङ, ओमान र संयुक्त अरब इमिरेट्स (युएई) छन्। छनोट खेलमा विजयी हुने टोलीले सन् २०२६ मा आयोजना हुने आइसीसी यु–१९ पुरुष विश्वकपमा प्रतिस्पर्धा गर्नेछ। 

प्रकाशित: Aug 17, 2024| 14:18 शनिबार, भदौ १, २०८१
प्रतिक्रिया दिनुहोस्