शनिबार, जेठ १६, २०८३

धेरैजसो वाणिज्य बैंकले घटाए निक्षेपको ब्याजदर

 |  शुक्रबार, साउन ३२, २०८१

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन ३२, २०८१

काठमाडौं- वाणिज्य बैंकहरूले भदौ महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन्। २० मध्ये १३ वटा वाणिज्य बैंकले मुद्दति निक्षेपमा दिने ब्याजदर घटाएका छन्। चार वटाले स्थिर राखेका छन् भने दुई वटा वाणिज्य बैंकले ब्याजदर बढाएका छन्।

National life

औसतमा वाणिज्य बैंकहरूको ब्याजदर ०.२१ प्रतिशत विन्दुले घटेको छ। सर्वाधिक ब्याजदर घटाउनेमा नेपाल बैंक छ। यो बैंकले साउनमा मुद्दति निक्षेपमा दिँदै आएको ब्याजदर १ प्रतिशत विन्दुले घटाएको छ।

यस्तै, प्रभु बैंकले ०.९० प्रतिशत विन्दु, नेपाल इन्भेस्टमेन्ट मेगा र माछापुच्छ्रे बैंकले ०.५० प्रतिशत विन्दुले ब्याजदर घटाएका छन्।

ब्याजदर बढाउनेमा हिमालयन र प्राइम कमर्सियल बैंक छन्। साउनको तुलनामा भदौका लागि यी दुवै बैंकले ०.२५ प्रतिशत विन्दुले ब्याजदर बढाएका छन्।

ग्लोबल आइएमई, लक्ष्मी सनराइज, स्ट्यान्डर्ड चार्टर्ड र नबिल बैंकले ब्याजदर स्थिर राखेका छन्।

Shivam cement

प्रकाशित: Aug 16, 2024| 10:22 शुक्रबार, साउन ३२, २०८१
प्रतिक्रिया दिनुहोस्