मंगलबार, मंसिर ११, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

पेट्रोल र डिजेलको भाउ घट्यो

 |  बिहीबार, साउन ३१, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

बिहीबार, साउन ३१, २०८१

सरकारले पेट्रोल, डिजेल र मटीतेलको मूल्य घटाएको छ। आयल निगमले आज राति १२ बजेदेखि लागु हुने गरी पेट्रोलको मूल्य प्रतिलिटर पाँच रुपैयाँ र डिजेलको मूल्य प्रतिलिटर तीन रुपैयाँले घटाएको हो। मटीतेलको मूल्य पनि तीन रुपैयाँ नै घटेको छ।

triton college

निगमका अनुसार इन्डियन आयल कर्पोरेसनबाट आज पेट्रोलको मूल्य प्रतिलिटर पाँच रुपैयाँ र डिजेलको मूल्य प्रतिलिटर २.९६ रुपैयाँले घटेर आएको छ थियो। सोहीअनुसार यहाँ मूल्य समायोजन गरिएको हो।

मूल्य घटेसँगै पहिलो वर्गअन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगन्जमा पेट्रोलको मूल्य प्रतिलिटर १६२.५० रुपैयाँ र डिजेलको मूल्य १५२.५० रुपैयाँ कायम भएको छ।

दोस्रो वर्गअन्तर्गत सुर्खेत र दाङमा पेट्रोलको मूल्य प्रतिलिटर १६४ र डिजेलको मूल्य १५४ रुपैयाँ भएको छ।

तेस्रो वर्गअन्तर्गत काठमाडौं, पोखरा र दिपायलमा पेट्रोलको मूल्य प्रतिलिटर १६५ र डिजेलको मूल्य १५५ रुपैयाँ कायम भएको छ।

Metro Mart
vianet

नेपाल आयल निगमले पेट्रोल, डिजेल र मटीतेलको मूल्य घटाएको छ।

प्रकाशित: Aug 15, 2024| 20:24 बिहीबार, साउन ३१, २०८१
प्रतिक्रिया दिनुहोस्