शनिबार, असार १४, २०८२

प्रभु बैंक र बुद्ध एयरबीच विशेष छुटको सम्झौता

 |  बिहीबार, साउन ३१, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

बिहीबार, साउन ३१, २०८१

vianetvianet

काठमाडौं- प्रभु बैंकका कर्मचारी र ग्राहकहरूले अब बुद्ध एयरको सेवा उपयोग गर्दा विशेष छुट पाउने भएका छन्। एक विशेष समारोहमा सम्पन्न सम्झौतामा प्रभु बैंकका तर्फबाट चिफ म्यानेजर मन्जय राज पाण्डे र बजार व्यवस्थापक दिना चित्रकार तथा बुद्ध एयरका तर्फबाट डाइरेक्टर रुपेश जोशी र सिनियर म्यानेजर उद्धव लाल कायस्थले हस्ताक्षर गरेका हुन्।

सम्झौता अनुसार, प्रभु बैंकका कर्मचारी तथा ग्राहकहरूले बैंकसँगको आबद्धताको प्रमाणका आधारमा बुद्ध एयरको टिकट खरिद गर्दा ८% छुट प्राप्त गर्नेछन्। यो छुट बुद्ध एयरका टिकट बिक्री काउन्टरहरूबाट टिकट खरिद गर्दा लागू हुनेछ।

बुद्ध एयरले सन् १९९७ मा स्वीकृति प्राप्त गरी १९९७ अक्टोबर ११ मा पहिलो उडान गरेको थियो। हाल, बुद्ध एयरले आन्तरिक उडानहरूको साथ साथै भारतको बनारससम्म पनि आफ्नो सेवा विस्तार गरेको छ।

प्रभु बैंक, जो हालै “बैंक अफ द इयर २०२३” को उपाधिबाट सम्मानित भएको छ, नेपालभर ३१५ शाखा कार्यालयहरू, २८६ एटिएम, र ६९ एक्सटेन्सन काउन्टरहरू मार्फत करिब ३१ लाख ग्राहकहरूलाई सेवा प्रदान गर्दै आएको छ। “विश्वास लिन्छौँ, विश्वास दिन्छौँ” भन्ने मूल नाराका साथ, बैंकले अत्याधुनिक प्रविधिको प्रयोगमार्फत गुणस्तरीय सेवा प्रवाह गर्दै प्रतिस्पर्धी रूपमा अगाडि बढिरहेको छ।

प्रभु बैंकले छोटो समयमै लण्डन स्थित दि फाइनान्सियल टाइम्सबाट “बैंक अफ द इयर–२०२३” को सम्मान प्राप्त गर्नुका साथै फिनाकल इन्फोसिस इनोभेसन गोल्ड–२०२४ अवार्ड पनि जितेको छ।

 

प्रकाशित: Aug 15, 2024| 17:31 बिहीबार, साउन ३१, २०८१
प्रतिक्रिया दिनुहोस्