शनिबार, असार १४, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • रोवर्ट र व्यवसायी मीनबहादुर गुरुङले गरे यूएनभी स्टोरको ओपनिङ, २० प्रतिशतसम्म छुट

रोवर्ट र व्यवसायी मीनबहादुर गुरुङले गरे यूएनभी स्टोरको ओपनिङ, २० प्रतिशतसम्म छुट

 |  बिहीबार, साउन ३१, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

बिहीबार, साउन ३१, २०८१

vianetvianet

काठमाडौं- चिनियाँ टेक जाईन्ट कम्पनी यूएनभीले नयाँ शोरुम सञ्चालनमा ल्याएको छ। काठमाडौंको सीटीसी मल सुन्धाराको दोस्रो तल्लामा बुधबार व्यवसायी मिनबहादुर गुरुङ, रोवोर्ट तथा कम्पनीका साउथ एशिया निर्देशक स्टेभन टिएनले संयुक्त रुपमा शोरुमको उद्धघाटन गरेका हुन्।

शोरुममा यूएनभी कम्पनीका नयाँ प्रविधिमा आधारित सर्भिलेन्स सिस्टम ,अटोमेटिक डोरलक सिस्टम, फेस रिकगनाईजेसनमा आधारित एटेन्डस सिस्टम (ई-हाजिरी), भिडियो ईन्टरकम सिस्टम, ६५ ईन्च, ७५ ईन्च, ८६ ईन्च र ९८ ईन्चका स्मार्ट ईन्ट्रयाक्टिभ बोर्ड लगायतका डिजिटल सेक्युरीटिका सबै प्रोडक्ट र सर्भिसहरु उपलब्ध हुने यू एनभी प्रालिका डाइरेक्टर हरिराम रिमालले बताए ।

उनले निकट भविष्यमा नै नेपालमा अत्याधुनिक रुचाईएको ईभी कारको चार्जिङ स्टेशनहरुमा सहकार्यको लागि छलफल भइरहेको पनि बताए । कार्यक्रमका प्रमुख अतिथि तथा भाटभटेनी सुपरमार्केटका सञ्चालक मिनबहादुर गुरुङले यो टिमसँग विगत १६ वर्षयता डिजिटल सोलुसन लिइरहेको र भविष्यमा अझ नयाँ टेक्नोलोजीहरुमा सहकार्य गर्न  इच्छुक रहेको बताए ।

त्यसैगरी यूएनभी कम्पनीका साउथ एशिया  डाइरेक्टर स्टेभन टिएनले साउथ एशियामै नेपालीहरु व्यवसायिक रुपमा इमान्दार तथा मेहनती रहेको उल्लेख गर्दै नेपालमै टेक्नोलोजीको क्षेत्रमा लगानी बढाउन आफू इच्छुक रहेको बताए ।

यूएनभी स्टोरका संस्थापकद्वय हरिराम रिमाल र बद्रिप्रसाद रिमालले उमेरले युवा भए पनि ५ वर्ष सहकार्य गर्दा व्यवसायिक रुपमा परिपक्व पाएको बताए । शुभारम्भको अवसरमा प्रायः सबै प्रडक्टहरुमा २० प्रतिशत छूट उपलब्ध गराएको र र अर्को सूचना नआएसम्म छूट सुविधा कायम रहने डाइरेक्टर रिमालले बताए । उद्धघाटन सत्रमा ४०० भन्दा धेरै सहभागीहरुले स्टोरको अवलोकन गरेका थिए ।

प्रकाशित: Aug 15, 2024| 16:55 बिहीबार, साउन ३१, २०८१
प्रतिक्रिया दिनुहोस्