सोमबार, साउन ११, २०८३

शिक्षकको चुनावमा विद्यालय ठप्प

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
वीरगंज- सामुदायिक विधालयका शिक्षक पेशागत संगठनको चुनाव प्रचारमा लागेपछि जिल्लाभरिका विधालयमा पठनपाठन ठप्प हुन पुगेको छ।
 
 पुस १४ गते हुने नेपाल शिक्षक महासंघ पर्साको निर्वाचनको लागी चुनावी प्रचार प्रसारका लागी अधिकांश शिक्षक दौडाहामा निस्किएकाले पठनपाठन ठप्प हुन पुगेको हो। पर्सामा तीन सय पचासवटा सामुदायीक विधालय छन्।

आठवटा शिक्षक संगठनको तर्फबाट शिक्षकहरु चुनावी मैदानमा उत्रिदैं छन्। निर्वाचन प्रकृयामा नेपाल शिक्षक संघ, एकिकृत अखिक नेपाल शिक्षक संगठन, संघिय शिक्षक फोरम, नेपाल लोकतान्त्रिक शिक्षक युनियन, नेपाल शिक्षक परिषद, नेपाल शिक्षक फेडरेशन, शिक्षक फोरम, शिक्षक मंच चुनावी प्रतिस्पर्धामा रहेका छन् ।

पठनपाठन नै ठप्प हुनेगरी शिक्षकहरु चुनावी अभियानमा निस्किएकाले अभिभावक आक्रोशित छन्। विधालय विहान खुल्ने र अपरान्ह बन्द हुने भएपनि शैक्षिक गतिविधी ठप्प रहेको महुवनका अभिभावक सुरेन्द्र कुर्मीले गुनासो गरे।

२०४९ सालमा पहिलो पटक नेपाल शिक्षक महासंघको निर्वाचन भएपनि त्यसयता सहमति कै आधारमा नेतृत्व चयन हुँदै आएको थियो।

यसपटक भने  २६ वर्षयता पहिलो पटक निर्वाचन हुन लागेको हो । दुई वर्ष दुई महिने कार्यकालका लागी पुस १४ मा  श्रीपुर विद्यापीठ उच्च माध्यमीक विधालयमा निर्वाचन हुनेछ।

 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।