मंगलबार, पुस १, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • नेप्से परिसूचक ३ हजार नाघ्यो, झन्डै ३० अर्बको कारोबार

नेप्से परिसूचक ३ हजार नाघ्यो, झन्डै ३० अर्बको कारोबार

 |  बिहीबार, साउन ३१, २०८१

नेपाल समय

नेपाल समय

बिहीबार, साउन ३१, २०८१

काठमाडौं- साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक ३ हजार नाघेको छ भने दैनिक कारोबारमा उच्च रेकर्ड कायम भएको छ।

National life

आज नेप्से ४३.०५ अंकले बढेर ३०००.८१ बिन्दुमा उक्लिएको छ। आजको बढोत्तरी १.४५ प्रतिशत हो। आज तीनवटा कम्पनीको कारोबार सर्किट लेभलमा भयो।

यसैगरी आज हालसम्मै उच्च कारोबार भएको छ। आज दिनभरमा ६ करोड ८९ लाख कित्ता सेयर २९ अर्ब ९५ करोड ८५ लाख रुपैयाँमा कारोबार भयो। यसअघि गत सोमबार २७ अर्ब २४ करोड रुपैयाँको सेयर किनबेच भएको थियो।

 

प्रकाशित: Aug 15, 2024| 15:03 बिहीबार, साउन ३१, २०८१
प्रतिक्रिया दिनुहोस्