मंगलबार, पुस १, २०८२

निर्जीवन बीमा कम्पनीको नाफा ५२ प्रतिशत बढ्यो

 |  बुधबार, साउन ३०, २०८१

नेपाल समय

नेपाल समय

बुधबार, साउन ३०, २०८१

काठमाडौं- आर्थिक वर्ष २०८० /८१ मा निर्जीवन बीमा कम्पनीहरुले ७ अर्ब ४३ करोड १३ लाख ४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेका छन्।

National life

अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीहरुले ४ अर्ब ८६ करोड ३१ लाख ६५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेका थिए। अघिल्लो वर्षको तुलनामा कम्पनीहरुको नाफा ५२ दशलमव ८१ प्रतिशतले बढी हो।

समिक्षा अवधिमा सबैभन्दा धेरै नाफा नेपाल इन्स्योरेन्सले आर्जन गरेको छ। कम्पनीले यस अवधिमा ७० करोड ६ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। अघिल्लो वर्षको सोही अवधिको तुलनामा कम्पनीको नाफा ८७ दशलमव ७९ प्रतिशतले बढी हो।

दोस्रोमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स रहेको कम्पनीले समिक्षा अवधिमा ६९ करोड २३ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो वर्षको सोही अवधिको तुलनामा कम्पनीको नाफा ८२ प्रतिशतले वृद्धि भएको हो। तेस्रोमा नेको इन्स्योरेन्स कम्पनी रहेको छ। कम्पनीले ६८ करोड ५७ लाख रुपैयाँ नाफा कमाएको छ। जुन अघिल्लो वर्षको तुलनामा २ दशलमव ७४ प्रतिशतले कमी हो।

हिमालयन एभरेष्ट इन्स्योरेन्सले समिक्षा अवधिमा ६६ करोड ७९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो वर्षको सोही अवधिको तुलनामा कम्पनीको नाफा ५० प्रतिशतले बढी हो। राष्ट्रिय बीमा कम्पनीको नाफा अघिल्लो वर्षको तुलनामा १८ प्रतिशतले घटेको हो। यस अवधिमा कम्पनीले ६२ करोड ७३ लाख रुपैयाँ नाफा कमाएको छ।

Laxmi sunrise bank
kumari

आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले ६१ करोड २१ लाख रुपैयाँ नाफा कमाएको छ। अघिल्लो वर्षको सोही अवधिको तुलनामा कम्पनीको नाफा १५६ प्रतिशतले बढी हो। सगरमाथा लुम्बिनी इन्स्योरेन्सले ६० करोड ८९ लाख रुपैयाँ नाफा कमाएको छ। अघिल्लो वर्षको सोही अवधिको तुलनामा कम्पनीको नाफा ८३ प्रतिशतले बढी हो। ओरिएण्टल इन्स्योरेन्सले ५९ करोड ६१ लाख रुपैयाँ नाफा कमाएको छ। अघिल्लो वर्षको सोही अवधिको तुलनामा कम्पनीको नाफा ८३ प्रतिशतले बढेको हो।

त्यस्तै, शिखर इन्स्योरेन्सले ५१ करोड ३० लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो वर्षको सोही अवधिको तुलनामा कम्पनीको नाफा १२६ प्रतिशतले बढी हो। प्रभु इन्स्योरेन्सले ४९ करोड ८ लाख रुपैयाँ नाफा कमाएको छ। अघिल्लो वर्षको सोही अवधिको तुलनामा कम्पनीको नाफा ११८ प्रतिशतले बढी हो। यूनाइटड अजोड इन्स्योरेन्सले ३८ करोड ५२ लाख रुपैयाँ नाफा कमाएको छ। अघिल्लो वर्षको सोही अवधिको तुलनामा कम्पनीको नाफा १०८ प्रतिशतले धेरै हो।

त्यसैगरी सानिमा जिआइसी इन्स्योरेन्सले ३३ करोड ७ लाख रुपैयाँ नाफा कमाएको छ। अघिल्लो वर्षको सोही अवधिको तुलनामा कम्पनीको नाफा २० प्रतिशतले बढी हो। नेशनल इन्स्योरेन्सले २६ करोड ६७ लाख रुपैयाँ नाफा कमाएको छ। अघिल्लो वर्षको सोही अवधिको तुलनामा कम्पनीको नाफा ५१ प्रतिशतले बढी हो। एनएलजी इन्स्योरेन्सले २५ करोड ३३ लाख रुपैयाँ नाफा कमाएको छ। अघिल्लो वर्षको सोही अवधिको तुलनामा कम्पनीको नाफा २१ प्रतिशतले बढी हो।

 

प्रकाशित: Aug 14, 2024| 16:42 बुधबार, साउन ३०, २०८१
प्रतिक्रिया दिनुहोस्