शनिबार, जेठ १६, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • प्रभु महालक्ष्मी लाइफको नाफा र बीमा शुल्क आर्जन शतप्रतिशत बढ्यो

प्रभु महालक्ष्मी लाइफको नाफा र बीमा शुल्क आर्जन शतप्रतिशत बढ्यो

 |  बुधबार, साउन ३०, २०८१

नेपाल समय

नेपाल समय

बुधबार, साउन ३०, २०८१

काठमाडौं- प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आवको असार मसान्तसम्मको वित्तीय विवरण प्रकाशित गरेको छ। आज सार्वजनिक गरेको अपरिष्कृत विवरण अनुसार कम्पनीको मुनाफा शत प्रतिशतले वृद्धि हुनुका साथै सम्पूर्ण वित्तीय सूचकहरुमा प्रगति देखिएको छ।

National life

चार अर्ब २९ करोड चुक्ता पुँजि भएको प्रभु महालक्ष्मी लाइफको जीवन बीमा कोष ४०.५० प्रतिशतले बढेर १० अर्ब २८ करोड ६९ लाख पुगेको छ। गत आवको यसै अवधीमा यस्तो कोषको आकार सात अर्ब ३२ करोड १९ लाख रुपैयाँ रहेको थियो। त्यस्तै जगेडा कोषको आकार पनि ७१ प्रतिशतले बृद्धि भई एक अर्ब १६ करोड १२ लाख रुपैयाँ संचित रहेको छ।

कम्पनीले कूल १३ अर्ब ६२ करोड रुपैयाँ लगानी गरेको छ। त्यस्तै एक अर्ब ७ करोड रुपैयाँ बीमितलाई ऋण लगानी गरेको छ। कम्पनीको लगानी ३१ प्रतिशतले बृद्धि भएको छ भने बीमितलाई प्रदान गरेको कर्जा १३ प्रतिशतले वृद्धि भएको छ।

समीक्षा महिनाको अवधीमा कम्पनीले चार अर्ब ३७ करोड २३ लाख कूल बीमा शुल्क संकलन गर्न सफल भएको छ। अघिल्लो वर्ष पनि कम्पनीले दुई अर्ब पाँच करोड रुपैयाँ कूल बीमा शुल्क आम्दानी गरेको थियो। अघिल्लो आर्थिक वर्षको तुलनामा कम्पनीको कुल बीमा शुल्क आर्जन ११३ प्रतिशतले वृद्धि भएको छ।

त्यस्तै, कुल खुद दावी भुक्तानी २५ प्रतिशतले बृद्धि भई ८५ करोड रुपैयाँबाट एक अर्ब सात करोड रुपैयाँ पुगेको छ। कम्पनीको लगानी तथा कर्जाबाट प्राप्त आम्दानी १२४ प्रतिशतले बृद्धि भई ५५ करोड ८७ लाखबाट बढेर एक अर्ब २५ करोड नाघेको छ। त्यस्तै कमिशन खर्च पनि ७२ प्रतिशतले बढेर ४८ करोड ९५ लाख रुपैयाँ पुगेको छ।

Shivam cement

समीक्षा अवधिमा कम्पनीको खुद नाफा १०४ प्रतिशतले बढाएर ३६ करोड ६१ लाख रुपैयाँ कमाएको छ। कम्पनीले अघिल्लो आवको सोही अवधिमा १७ करोड ९१ लाख रुपैयाँ आर्जन गरेको थियो।

प्रकाशित: Aug 14, 2024| 15:47 बुधबार, साउन ३०, २०८१
प्रतिक्रिया दिनुहोस्