मंगलबार, पुस १, २०८२

सिटिजन लाइफ इन्स्योरेन्सको नाफा उल्लेख्य बढ्यो

 |  बुधबार, साउन ३०, २०८१

नेपाल समय

नेपाल समय

बुधबार, साउन ३०, २०८१

काठमाडौं- सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको गत आर्थिक वर्षमा खुद नाफा २१६.५६ प्रतिशतले वृद्धि भएको छ। अघिल्लो वर्ष १० करोड २५ लाख रुपैयाँ नाफा गरेको कम्पनीले गत वर्ष ३२ करोड ४७ लाख रुपैयाँ नाफा कमाउन सफल भएको हो।

National life

कम्पनीको जीवन बीमा कोषको आकार पनि ४१.५४ प्रतिशतले बढेर १४ अर्ब ४४ करोड २९ लाख रुपैयाँ माथि पुगेको छ। जुन अघिल्लो वर्ष १० अर्ब २० करोड ४१ लाख रुपैयाँ मात्रै थियो।

कम्पनीको कुल बीमाशुल्क आम्दानी पनि ५.४७ प्रतिशतले बढेर ६ अर्ब २१ करोड ५३ लाख रुपैयाँ पुगेको छ। यो अघिल्लो वर्ष ५ अर्ब ८९ करोड ३२ लाख रुपैयाँ थियो। समीक्षा अवधिमा कम्पनीको कुल दाबी भुक्तानी भने ३.८४ प्रतिशतले घटेर १ अर्ब ८२ करोड ९८ लाख रुपैयाँमा सिमित भएको छ।

कम्पनीले संस्थागत सुधार गर्दै १०.१६ प्रतिशतले कुल खर्च बढाएको छ। तर कमिसन खर्चमा भने १०.२० प्रतिशत कटौती गरिएको छ। गन वर्ष कम्पनीले लगानी भने उल्लेख्य मात्रा ५७.३३ प्रतिशतले बढाएको छ। आफ्ना बीमितलाई दिने कर्जा समेत २७.८७ प्रतिशतले बढाएको छ।

समीक्षा अवधिमा कम्पनीको चुक्ता पूँजी ५० प्रतिशतले बढेर ३ अर्ब ९३ करोड ७५ लाख रुपैयाँ पुगेको छ। प्रतिशेयर आम्दानी ४.३३ रुपैयाँबाट बढेर ८.२५ रुपैयाँ पुगेको छ। प्रतिशेयर नेटवर्थ १७६.९६ रुपैयाँ, पिई रेसियो ६६.०३ गुणा र सोल्भेन्सी रेसियो १.८२ प्रतिशत छ।

Laxmi sunrise bank
kumari

 

प्रकाशित: Aug 14, 2024| 15:45 बुधबार, साउन ३०, २०८१
प्रतिक्रिया दिनुहोस्