मंगलबार, पुस १, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • नेपाल लाइफको कुल बीमा शुल्क आर्जन करिब १० प्रतिशत बढ्यो

नेपाल लाइफको कुल बीमा शुल्क आर्जन करिब १० प्रतिशत बढ्यो

 |  बुधबार, साउन ३०, २०८१

नेपाल समय

नेपाल समय

बुधबार, साउन ३०, २०८१

काठमाडौं- नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्ष २०८०/८१को चौथो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ।

National life

८ अर्ब २० करोड शेयर पूँजी भएको कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा ५१ करोड ३९ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ३९ करोड २९ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको नाफा ३०.८१ प्रतिशतले वृद्धि भएको हो।

गत आर्थिक वर्षको चौथो त्रैमाससम्म  कम्पनीको महाविपत्तीकोषमा १ अर्ब  ९ करोड ९० लाख रुपैयाँ रहेको छ। यस अवधिमा कम्पनीको रिटेण्ड अर्निङ्गमा ५२ करोड ८४ लाख रुपैयाँ रहेको छ।

असार मसान्तसम्ममा कम्पनीले ४० अर्ब ८४ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ३७ अर्ब १६ करोड कुल बीमा शुल्क आर्जन गरेको थियो। गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको कुल बीमा शुल्क आर्जन ९.९२ प्रतिशतले वृद्धि भएको हो। समिक्षा अवधिमा कम्पनीले पुनर्बीमा मार्फत ७३ करोड ९२ लाख रुपैयाँ खर्चिएको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ६५ करोड २३ लाख रुपैयाँ पुनर्बीमा मार्फत खर्चिएको थियो।

कम्पनीले यस अवधिमा ४० अर्ब ११ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ३६ अर्ब ५१ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा कम्पनीको खुद बीमा शुल्क आर्जन ९.८६ प्रतिशतले वृद्धि भएको हो।

Laxmi sunrise bank
kumari

समिक्षा अवधिमा कम्पनीले ३ अर्ब १८ करोड १६ लाख रुपैयाँ अभिकर्ता कमिशन मार्फत खर्चिएको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ३ अर्ब १० करोड ९० लाख रुपैयाँ खर्चिएको थियो।

यस अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी ६.२६ रुपैयाँ रहेको छ भने प्रति शेयर नेटवर्थ १२९.११ रुपैयाँ रहेको छ।

 

प्रकाशित: Aug 14, 2024| 15:41 बुधबार, साउन ३०, २०८१
प्रतिक्रिया दिनुहोस्