मंगलबार, पुस १, २०८२

होण्डाको सीजीएक्स १५० सार्वजनिक, यस्ता छन् विशेषता

 |  बुधबार, साउन ३०, २०८१

नेपाल समय

नेपाल समय

बुधबार, साउन ३०, २०८१

काठमाडौं- चीनको वुयाङ होण्डा कारखानामा निर्मित होण्डाले आफ्नो आगामी बाइक सीजीएक्स १५० सार्वजनिक गरेको छ। पूर्णतया रेट्रो लुकमा डिजाइन गरिएको यसका ३ वटा भेरिएन्ट विश्व बजारमा बिक्रीका लागि ल्याइनेछ।

National life

विश्व बजारमा लन्च गर्नुअघि कम्पनीले यसका तस्बिरहरू सार्वजनिक गरेको हो। होण्डाले सीजीएक्स १५० यस वर्ष सेप्टेम्बरमा चीनमा लञच गर्नेछ। चीनमा यसको प्रारम्भिक मूल्य लगभग १० हजार युआन हुने अनुमान गरिएको छ।

सीजी १२५ मा आधारित यसमा १४९ सीसी इन्जिन प्रयोग गरिएको छ। यसमा एयर कुल्ड, फोर स्ट्रोक, सिंगल सिलिण्डर युनिटले १२ एचपी पावर जनरेट गर्ने बताइएको छ। बाइकको इन्जिन ५ स्पिड गियरबक्ससँग जोडिएको छ। यसको टप स्पिड ९८ किलोमिटर प्रतिघण्टा हुने कम्पनीले बताएको छ। यो बाइकको वजन १२८ किलोग्राम छ।

बाइकको सस्पेन्सनका लागि अगाडि टेलिस्कोपिक फोर्क र पछाडि ड्युअल रियर सक एब्जर्बर रहेको छ। यसमा गोलाकार हेडल्याम्प, राउन्ड आकारको रियर भ्यु मिरर, फोर्क गेटर, कर्भी फ्युल ट्याङ्की र मिनिमल बडी प्यानलिङ दिइएको छ। यसका साथै क्याफे रेसर भेरिएन्टमा बार एन्ड ड्युअल टोन मिरर, रेड शेडमा फ्रेम र पछाडि हम्प भएको राइडर ओन्ली सिट रहेको छ।

 

Laxmi sunrise bank
kumari

प्रकाशित: Aug 14, 2024| 15:39 बुधबार, साउन ३०, २०८१
प्रतिक्रिया दिनुहोस्