बुधबार, कात्तिक ७, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

नेपालमै विदेशी डिग्री प्रदान गर्दै आएको द ब्रिटिश कलेज

 |  बुधबार, साउन ३०, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, साउन ३०, २०८१

काठमाडौंको थापाथलीस्थित द ब्रिटिश कलेजले विगत एक दशकदेखि नेपालमा गुणस्तरीय ब्रिटिश डिग्री प्रदान गर्दै आएको छ।

triton college

बेलायतको युनिभर्सिटी अफ वेस्ट इङ्गल्याण्ड र लिड्स बकेट विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरेर कलेजले स्नातक (ब्याचलर्स) मा कम्प्युटिङ, डेटा साइन्स, एआई, साइबर सेक्युरिटी एण्ड डिजिटल फरेन्सिक तथा स्नातकोत्तर (मास्टर्स) मा एमसीसी इन्फर्मेसन एण्ड टेक्नोलोजी र एड्भान्स कम्प्युटर साइन्स आईटी कोर्ष अध्यापन गराउँदै आएको छ।

ब्रिटिश कलेजले आईटी बाहेक बीबीए, बीएचएम र एमबीए कोर्ष पनि पढाउँदै आएको छ। नेपालमा ब्रिटिश शिक्षाको पहिलो कलेज भनेको ब्रिटिश कलेज हो । ब्रिटिश एक्रिडेसन काउन्सिलबाट मान्यता पाउने यो नेपालको एकमात्र कलेज समेत हो ।

ब्रिटिश कलेजले सरकारको नियम अनुसार छात्रवृत्ति पनि प्रदान गरिरहेको छ । त्यसबाहेक प्लस टुमा राम्रो अंक ल्याउने र कक्षामा राम्रो प्रदर्शन गर्ने विद्यार्थीलाई समेत छात्रवृत्तिको व्यवस्था गरेको छ । कक्षा १२, ए लेभल र डिप्लोमा उत्तीर्ण विद्यार्थीहरू ब्रिटिश कलेजमा भर्ना हुन सक्नेछन् । भर्नाका लागि विद्यार्थीहरूले आफ्नो सबै डकुमेन्टसहित कलेजमा सम्पर्क गर्नुपर्नेछ ।

त्यसपछि कलेजले विद्यार्थीको सबै डकुमेन्टहरू बेलायतको विश्वविद्यालयमा पठाउने छ । डकुमेन्ट अध्ययन गरेर विश्वविद्यालयले भर्ना गर्न अनुमति दिएपछि ब्रिटिश कलेजले विद्यार्थी भर्ना गर्छ ।

Metro Mart
vianet

वेब, मेसिन लर्निङ, डेटा बेस, एप, नेटवर्किङ लगायका सबै कन्सेप्ट बुझ्न चाहने विद्यार्थीले कम्प्युटिङ कोर्ष छनौट गर्न सक्ने छन् भने स्पेस्लाइज्ड गर्न चाहनेले एआई, डेटा साइन्स र साइबर सेक्युरिटी एण्ड डिजिटल फरेन्सिक कोर्ष छनौट गर्न सक्ने छन् ।

ब्रिटिश कलेजले वर्षको दुई पटक सेप्टेम्बर र जनवरी इन्टेकमा भर्ना लिने गर्दछ भने एउटा कक्षामा बढीमा ३० देखि ३५ जना विद्यार्थी राख्ने गरेको छ । ब्रिटिश कलेजमा पढ्ने विद्यार्थीलाई क्रेडिट ट्रान्सफरको सुविधा समेत रहेको छ । ३ वर्ष नेपालमा पढेर बाँकी २ वर्ष विदेशमा गएर पढ्न सक्छन् । स्वतः विश्वविद्यालयमै वा क्यानडा, अष्ट्रेलिया, अमेरिकामा गएर बाँकी २ वर्ष अध्ययन गर्न सकिने व्यवस्था कलेजले गरेको छ ।

ब्रिटिश कलेजले विद्यार्थी एक्सचेन्ज कार्यक्रम समेत गर्दै आएको छ । यस बाहेक विद्यार्थीहरू मालदिभ्स, भियतनाम वा थाइल्याण्डमा गएर पुरै सेमेस्टर अनुभव आदान प्रदान गर्न पाउने छन् । साथै कलेजले विद्यार्थीहरूलाई विदेशी उद्योगको भ्रमणम समेत लैजाने गरेको छ ।

 

प्रकाशित: Aug 14, 2024| 13:51 बुधबार, साउन ३०, २०८१
प्रतिक्रिया दिनुहोस्