बिहीबार, चैत २६, २०८२

आइएमई लाइफ इन्स्योरेन्सको नाफा १४५ प्रतिशत बढ्यो

 |  बुधबार, साउन ३०, २०८१

नेपाल समय

नेपाल समय

बुधबार, साउन ३०, २०८१

काठमाडौं- आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको खुद नाफामा १४५.०४ प्रतिशतको उछाल आएको छ। कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा ५१ करोड ४५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनीको खुद नाफा २० करोड ९९ लाख रुपैयाँ थियो।  

National life

कम्पनीले समीक्षा अवधिसम्म ४ अर्ब ४५ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। यो रकम अघिल्लो आवको तुलनामा १४.४३ प्रतिशतले बढी हो। अघिल्लो आवको चौथो त्रैमाससम्म कम्पनीले ३ अर्ब ९५ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो। कम्पनीको अन्य प्रत्यक्ष आम्दानी १ करोड ९ लाख ,लगानी तथा कर्जा आम्दानी १ अर्ब ३१ करोड र बीमितलाई प्रदान गरिएको कर्जाबाट ६ करोड २४ लाख रुपैयाँ ब्याज आम्दानी गरेको छ।  

यस्तै कम्पनीको अन्य आम्दानी १ करोड ५३ लाख रुपैयाँ रहेको छ। कम्पनीको कुल आम्दानी ४ अर्ब ८५ करोडबाट बढेर ५ अर्ब ९२ करोड रुपैयाँ पुगेको छ। यस्तै कम्पनीको खुद दाबी भुक्तानी ४ अर्ब ८ करोड रुपैयाँ रहेको छ। अघिल्लो आवसम्म कम्पनीले ३ अर्ब ५३ करोड रुपैयाँबराबरको दाबी भुक्तानी गरेको थियो।  

चौथो त्रैमाससम्म कम्पनीको खर्च भने बढेको छ। कम्पनीले यो अवधिसम्म ५ अर्ब ३९ करोड रुपैयाँ कुल खर्च गरेको छ। जुन अघिल्लो आवको तुलनामा १६.२२ प्रतिशतले बढी हो। कम्पनीको महाविपत्ती कोषको आकार १७ करोड ७४ लाख र रिटेन्ड अर्निङ १ अर्ब २ करोड रुपैयाँबराबर रहेको छ।  

कम्पनीको चुक्तापूँजी ५ अर्ब रुपैयाँ रहेको छ। समिक्षा अवधिसम्म कम्पनीले सेयर प्रिमियम शीर्षकमा ५२ करोड ३८ लाख रुपैयाँ सञ्चित गरेको छ।  

kumari

कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस) वृद्धि भएको छ। कम्पनीको ईपीएस १० रुपैयाँबाट बढेर १०.२९ रुपैयाँ कायम भएको छ। समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर नेटवर्थ १४५.५९ रुपैयाँ,प्रतिसेयर कुल सम्पत्तिको मूल्य ३५८.४४ रुपैयाँ र मूल्य आम्दानी अनुपात ४४.०२ गुणा कायम भएको छ।

प्रकाशित: Aug 14, 2024| 13:42 बुधबार, साउन ३०, २०८१
प्रतिक्रिया दिनुहोस्