काठमाडौं- विदेशमा कारोबार र जागिरबाट कमाएको पैसा जम्मा गर्न मिल्ने डलर खाताको दुरुपयो गरि बैंक ठगी गर्ने संजय श्रेष्ठलाई केन्द्रीय अनुसन्धान ब्युरोले पेप्सीकोलाबाट पक्राउ गरेको छ।
श्रेष्ठले राष्ट्रिय वाणिज्य बैकको मुख्य शाखा कार्यालय, विशालबजार काठमाण्डौंमा साखा कार्यालयमा युएसडी खाता खोली ई-बैकिङ, मोबाइल बैकिङ र ई-सेवा वालेट जस्ता विधुतीय उपकरणहरुको प्रयोग गरी आफ्नो खातामा अनाधिकृत रुपमा अमेरीकी डलर ७८ हजार तिन सय ८० रुपैयाँ ५० पैसा रकम जम्मा गरी भुक्तानी लिनको केन्द्रीय अनुसन्धान ब्युरो जनाएको छ।
ओखलढुंगाका श्रेष्ठले एटिएम तथा पिओएस मेसिन बाट विभिन्न समयमा करिब ८० हजार डलर निकालेको अनुसन्धानबाट खुलेको छ। पक्राउ परेका श्रेष्ठलाई उच्च अदालत पाटनबाट ७ दिनको म्याद लिई बैंकिङ कसूर तथा सजाय ऐन, २०६४ बमोजिम अनुसन्धान भैरहेको सिआइबीले जनाएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४