सोमबार, साउन ११, २०८३
  • गृहपृष्ठ
  • समाज
  • घनश्यामको प्रश्‍न: ५२ डिग्रीमा उँट चराएको पैसाले देश कति दिन चलाउने?

घनश्यामको प्रश्‍न: ५२ डिग्रीमा उँट चराएको पैसाले देश कति दिन चलाउने?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
भैरहवा- नेकपाका स्थायी कमिटी सदस्य घनश्याम भुसालले मुलुकको अर्थतन्त्र संकटग्रस्त अवस्थामा पुगेको बताएका छन्।

बुटवलमा आयोजित 'नेकपाको एकता: अवसर र चुनौती' विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै उनले भने, ‘केही सिमित दलाल पूजिपतिहरुले देशको अर्थतन्त्र कब्जा गरेका छन्। बैंक वित्तिय संस्थामा उनीहरु हाबी छन्। उनीहरुले धेरै पैसा विदेशमा राखेका छन्। यहाँ जे कुरा गरिरहेका छन् ती केबल नाफाका मात्रै कुरा गरिरहेका छन्।’

नेता भुसालले मुलुकले वर्षभरीमा जति मूल्यको निर्यात गर्छ त्यति नै मूल्यको वर्षमा पेट्रोल खरिदमा मात्रै खर्चेको उल्लेख गर्दै अरबको खाडी र मलेसीया, दुबईको ५२ डिग्रीको तापक्रममा रगत पसिना बगाईरहेका ५० औं लाख युवाले पठाएको पैसाले देश चलिरहेको बताए। उनले प्रश्‍न गरे, ‘५२ डिग्रीको गर्मीमा उँट चराएर कमाएको पैसाले देश कत्ति दिन चल्छ? ’ नेता भुसालले राजनीतिक हिसाबले मूलुकले धेरै काम गरेको भएता पनि गरिबीको क्षेत्रमा धेरै काम गर्न नसकेको बताए।

उनले माथिदेखी तलसम्मका नेताहरुले दायित्व र कर्तव्य बिर्सिएको जनाउँदै तेलमा लिएको दोहोरो सुविधाले लज्जासपद बनाएको बताए। ५ नं प्रदेशका दलालहरुले तिनाऊ नदीमा आँखा गाडेको जनाउँदै नेता भुसालले पार्टी कर्मचारीतन्त्र जस्तै भएको समेत बताए।

पार्टी एकिकरणपछि असाधरण जनमतका साथ वर्तमान परिवेशमा रहनुको मुख्य कारण धेरै नेता कार्यकर्ताको संघर्ष र मेहनतको फल भएको बताए। उनले पार्टी एकता दुईवटा पार्टीका अध्यक्षका हिम्मतले भयो भनेर गलत प्रचारबाजी गरिएको जनाउदैं पार्टी एकिकरणको मुख्य कारण सैद्धान्तिक आधार भएको बताए।

अहिले हुलमुल भएको, एकताको नाममा जे गरेपनि हुने, जहाँ जो बलियो छ त्यसैले आफ्नो मनोमानी गरिरहेको उनले बताए। उनले भने, 'यस्तै तालले अगाडी बढेमा क्रान्ति बचाउन ग्राहो हुन्छ। एकताले धेरै अवसर सृजना गरेको छ।'

जमिन्दारी शैलीको आदेश कसैले नमान्ने बताउँदै उनले जनबादी केन्द्रीयता तल्लो तहदेखि छलफल र सहमतिपछि नेताहरुले दिइने निर्देशनलाई मात्रै कार्यकर्ताले मान्ने उल्लेख गरे। हरेक तह, हरेक समस्या, हरेक विभेद सबैमाथी छलफल गरेर मात्रै अघि बढेमा मात्रै गुटबन्दी अन्त्य हुने , हरेक मान्छे सुध्रिने र पार्टीको मजबुत एकता भई राष्ट्रिय पूजिंको विकास हुने भुसालको तर्क छ।

उनले बुटवलमा सम्पन्न आठौं महाधिवेसनमा पेश गरेको राष्ट्रिय पुँजीको विकासको सन्दर्भलाई पैसा कमाउने हतियार बनाउन थालिएको भन्दै चिन्ता व्यक्त गरे ।

१२५ औं माओजयन्तीको अवसरमा मदन भण्डारी अध्ययन केन्द्र र माक्र्सवादी अध्ययन तथा अनुसन्धान प्रतिष्ठानले बुटवलको पुष्पलाल स्मृति भवनमा आयोजना गरेको गोष्ठीमा नेकपाका नेता कार्यकर्ताको बाक्लो उपस्थिति रहेको कार्यक्रमलाई नेकपा केन्द्रीय सदस्य तथा प्रदेश कमिटी सचिव जगप्रसाद शर्मा लगायतले सम्बोधन गरेको उक्त पार्टीका प्रदेश कमिटी सदस्य अनुप बराल विश्वासले जानकारी दिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।