काठमाडौं- संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जेयष्ठताको आधारमा सहसचिवको सूची सार्वजनिक गरेको छ। सार्वजनिक गरिएको २२५ जनाको सूचीको पहिलो नम्बरमा कर छुटमा भ्रष्टाचार गरेको आरोपमा अख्तियारको छानविनमा रहेका कर फछ्र्यौट आयोगका पूर्व सदस्य चुडामणी शर्मा छन्।
कर्मचारी समायोजन प्रक्रिया अघि बढाएको सामान्य प्रशासन मन्त्रालयले उक्त सूची मंगलबार सार्वजनिक गरेको हो। मन्त्रालयले सुरुमा प्रशासन सेवातर्फका सहसचिवहरुको नामावली सार्वजनिक गरेको हो। एक करोड धरौटी लिएर विशेष अदालतबाट रिहा भएका शर्मा अतिरिक्त समूहमा छन्।
त्यसैगरी दोस्रो नम्बरमा रामप्रसाद थपलिया, तेस्रो नम्बरमा वीरेन्द्रकुमार यादव, चौथो नम्बरमा दीपक सुवेदी र पाँचौं नम्बरमा चन्द्रमान श्रेष्ठ छन्। २२५ औं नम्बरमा सामाजिक विकास मन्त्रालय धनगढीमा कार्यरत जुम्लाका गोगनबहादुर हमाल छन्।
सरकारले कर्मचारीहरुको समायोजनको मुख्य आधार जेष्ठतालाई मानेको छ। सुरुमा सहसचिवस्तरका कर्मचारीहरुको सूची सार्वजनिक गरिएको र अन्य पदका कर्मचारीहरुको पनि क्रमशः सूची सार्वजनिक गर्दै जाने मन्त्रालयले जनाएको छ।
सूची
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४