बुधबार, कात्तिक ७, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

टेक्सास कलेजमा अन्तर्राष्ट्रियस्तरको शिक्षा

 |  सोमबार, साउन २८, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

सोमबार, साउन २८, २०८१

काठमाडौं- टेक्सास इन्टरनेशनल कलेज काठमाडौंको रिङरोड चाबहिलस्थित मित्रपार्कमा र टेक्सास कलेज अफ म्यानेजमेन्ट एण्ड आइटी सिफलमा सञ्चालित छन्।

triton college

शिक्षा तथा व्यावसायिक क्षेत्रमा लामो अनुभव संगालेका तथा क्षमतावान् व्यक्तिहरुको समूह कलेजमा आबद्ध रहेको छ। देश तथा विदेशमा प्रतिस्पर्धा गर्न सक्ने दक्ष जनशक्ति उत्पादन गर्ने लक्ष्यसहित सञ्चालित कलेजले नेपालमै अन्तर्राष्ट्रियस्तरको शिक्षा प्रदान गरिरहेको छ।

टेक्सास इन्टरनेशनल नेटवर्कभित्र रहेर कलेजले शैक्षिक गतिविधि अगाडि बढाइरहेको छ। टेक्सासको नेटवर्कभित्र टेक्सास इन्टरनेशनल मन्टेश्वरी र टेक्सास इन्टरनेशनल स्कुल पनि सञ्चालनमा छन्।

मन्टेश्वरीदेखि प्लस टु तथा उच्च शिक्षाको लागि टेक्सास उत्कृष्ट शैक्षिक गन्तव्य बन्न सफल भएको कलेजको भनाइ छ। टेक्सास इन्टरनेशनल सेकेन्डरी स्कुल तथा कलेज विद्यार्थीमाझ एक उत्कृष्ट शैक्षिक संस्थाको परिचय बनाउन सफल भएको छ। म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट र साइन्स एण्ड टेक्नोलोजीमा योग्य र दक्ष जनशक्तिको मागलाई परिपूर्ति गर्ने उद्देश्यले शैक्षिक व्यक्तित्व र उद्यमीहरुको पहलमा स्कुल सञ्चालनमा आएको हो।

स्कुलले ‘एजुकेसन फर अ कम्प्लिट ह्युमन विइङ’ स्लोगनका साथ शुलभ शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको छ। विद्यालयले नवीनतम विधि तथा प्रविधिको प्रयोग गरी सैद्धान्तिक तथा प्रयोगात्मक विधिबाट शिक्षण गर्दै आइरहेको छ। राष्ट्रिय परीक्षा बोर्डको सम्बन्धमा प्लस टुमा विज्ञान, व्यवस्थापन, मानविकी र कानुन संकायमा शैक्षिक कार्यक्रमहरु सञ्चालित छन्।

Metro Mart
vianet

कलेजमा सुविधा सम्पन्न भौतिक संरचना तथा विद्यार्थीलाई अध्ययनको लागि सुविधा सम्पन्न लाइब्रेरी तथा ल्याबको सुविधा छ। प्रोजेक्ट वर्क, फिल्ड भिजिट, गोष्ठी तथा सेमिनारमार्फत प्रयोगात्मक र सैद्धान्तिक ज्ञान प्रदान गरिरहेको छ। विद्यार्थीको सुविधालाई मध्यनजर गरी यातायातको सुविधा उपलब्ध छ। खाना तथा खाजाको लागि स्वस्थ तथा स्वच्छ काफेटेरियाको व्यवस्था छ।

टेक्सास कलेज विद्यार्थीको रोजाइको कलेज बन्न सफल भएको छ। स्वदेशमै अन्तर्राष्ट्रियस्तरको शिक्षा लिन चाहने विद्यार्थीहरु कलेजमा आकर्षित हुने गरेका छन्। प्लस टुमा कलेजले साइन्स, म्यानेजमेन्ट, मानवीकी र ल को पढाइ सञ्चालन गरिरहेको छ

एसईई टपर छात्रवृत्ति, एसईई डिष्ट्रिक्ट टपर छात्रवृत्ति, टेक्सास इन्ट्रान्स टपर छात्रवृत्ति, सहिद परिवार छात्रवृत्ति, दुर्गम क्षेत्रका विद्यार्थीका लागि छात्रवृत्ति, स्कुल टपर छात्रवृत्ति, एसईई पर्फमेन्स छात्रवृत्ति, गरिब तथा जेहेन्दार छात्रवृत्ति, अतिरिक्त क्रियाकलापमा उत्कृष्टलाई छात्रवृत्ति लगायतका विभिन्न शीर्षकमा आवश्यकता अनुसार विद्यार्थीलाई छात्रवृत्ति दिँदै आएको छ।

टेक्सास इन्टरनेशनल कलेज सन् २०१० बाट सञ्चालनमा आएको हो। विज्ञान, व्यवस्थापन, मानविकी र कानुन संकायको पढाइ कलेजमा हुन्छ। कलेजले विएससी (सिएसआइटी), विसिए, विविएम, विविएस, विएका कोर्ष पनि सञ्चालन गरिरहेको छ। त्रिभुवन विश्वविद्यालयको सम्वन्धनमा एमविएस सञ्चालनमा छ। दक्ष, अनुभवी तथा विषयवस्तुमा दक्षता हासिल गरेका प्राध्यापकले कलेजमा प्राध्यापन गर्दै आइरहेको कलेजको भनाइ छ।

टेक्सास ग्रुप अन्तर्गत नै टेक्सास कलेज अफ म्यानेजमेन्ट एण्ड आइटी कलेज सञ्चालनमा छ। व्यवस्थापन र आइटी क्षेत्रमा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा आवश्यक पर्ने दक्ष र योग्य जनशक्ति परिपूर्ति गर्ने उद्देश्यले शैक्षिक व्यक्तित्व र व्यवसायीले सञ्चालन गरेको कलेज हो।

टेक्सास कलेज अफ म्यानेजमेन्ट एण्ड आइटीमा विविए, विआइटी, विसिएस (साइवर सेक्युरिटी एण्ड नेटवर्क टेक्नोलोजी), व्याचलर अफ साइन्स इन हस्पिटालिटी म्यानजेमेन्ट, एमविए, एमसिएस लगायतका कोर्ष सञ्चालन गरिएको छ, जुन मलेसियाको लिंकन युनिभर्सिटीसँग सम्वन्धन प्राप्त छन्।

 

प्रकाशित: Aug 12, 2024| 17:14 सोमबार, साउन २८, २०८१
प्रतिक्रिया दिनुहोस्