आइतबार, मंसिर २८, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • एमएडब्लु वृद्धि कमर्सियल भेहिकलको पोखरामा नयाँ शोरुम

एमएडब्लु वृद्धि कमर्सियल भेहिकलको पोखरामा नयाँ शोरुम

 |  सोमबार, साउन २८, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, साउन २८, २०८१

काठमाडौं- नेपालमा व्यावसायिक सवारी साधनको अग्रणी प्रदायक कम्पनी एमएडब्लू वृद्धि कमर्शियल भेइकल्स प्रा.लि.ले पोखरामा आफ्नो ब्राण्ड-न्यू शोरुमको भव्य उद्घाटन गरेको छ। बुद्ध चोक, पोखरामा रहेको यो अत्याधुनिक सुविधासम्पन्न शोरुम यही साउन २७ गतेदेखि आधिकारिक रूपमा सञ्चालनमा आएको हो।

National life

शोरुममा दुई ब्राण्डहरू फोटोन र सोकोनका कमर्सियल गाडीहरू उपलब्ध छन्। फोटोन मोटर्स (चीनको नम्बर १ व्यावसायिक वाहन निर्माता) को आधिकारिक वितरकको रूपमा कम्पनीले हाईरुफ ईभी भ्यान, टुनल्याण्ड र टिएम वान सहित कुशल र भरपर्दा सवारी साधनहरूको रेन्ज प्रदान गर्दछ। आफ्नो व्यावसायिक सवारी साधनको विकल्पलाई थप विस्तार गर्न एमएडब्लू वृद्धिले सोकोन मोटर्सलाई पनि भित्र्याएको छ जसको बहुमुखी ईसी थर्टी सिक्स भ्यान यात्रुवाहक, स्कुल र कार्गो भेरियन्टहरूमा उपलब्ध छन्।

डेडिकेटेड बिक्री टोलीको न्यानो स्वागत र विशेषज्ञ मार्गदर्शनको साथमा ग्राहकहरूले आफ्ना लागि उपयुक्त विकल्पहरू अन्वेषण गर्न सक्नेछन् र आफ्नो व्यवसायलाई माथि उठाउनको लागि उत्तम गाडी फेला पार्न सक्नेछन्। नयाँ शोरुम एमएडब्लू वृद्धिको लागि एउटा महत्वपूर्ण कदमको सङ्केत हो। यसले ग्राहक सेवाप्रतिको प्रतिबद्धतालाई बलियो बनाई कम्पनीको उपस्थितिलाई नेपालभर विस्तार गर्दछ।

पोखरा र आसपासका ग्राहकहरूले अब नयाँ व्यावसायिक सवारी साधनहरू अनुभव गर्न, वित्तीय विकल्पहरू खोज्न र नयाँ खोलिएको शोरुमबाट फाइदा लिन सक्नेछन्।

 

Laxmi sunrise bank
kumari

प्रकाशित: Aug 12, 2024| 16:42 सोमबार, साउन २८, २०८१
प्रतिक्रिया दिनुहोस्