शुक्रबार, जेठ १, २०८३

फेरि गड फादर बन्ने तयारीमा सलमान

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
मुम्बई – भनिन्छ जसको कोही हुँदैन, उसको ‘दैव’ हुन्छ। सलमान खान बलिउडमा नवप्रवेशी कलाकारका लागि भगवान् भन्दा कम छैनन्। एकातर्फ उनी मोहनिस बहलकी छोरी प्रनूतन बहललाई फिल्म इन्डस्ट्रीमा प्रवेश गराउँदै छन्। भने अर्कातर्फ सलमान महेश मान्जेकरकी छोरी अश्वानीलाई दबंग ३ बाट बलिउडमा डेब्यु गराउने तयारीमा छन्।

सलमानले यसअघि महेशका छोरालाई पनि बलिउडमा भित्र्याएका थिए। अब उनकी छोरीको पालो आएको छ। महेशले भनेका छन्, ‘सलमान मेरी छोरिलाई बलिउडमा भित्र्याउँदै छन्। तर, यसका लागि अझै केही समय कुर्नुपर्नेछ।’

महेश र सलमान निकै मिल्ने साथी हुन्। सलमान आफ्नो साथीको लागि सक्दो सहयोग गर्न चाहन्छन्। सलमानले यसै वर्ष आयुष शर्माका साथ वरिना हुसैनलाई फिल्म लवयात्रीको माध्यमबाट बलिउडमा भित्र्याएका थिए।

सलमानले सुरज पान्चोली, सोनाक्षी सिन्हा, कट्ररिना कैफ, स्नेहा उलाल, जरिन खान, डेजी शाह, अतिया शेट्टीलगायत थुप्रै कलाकारलाई बलिउडमा ठाउँ दिएका थिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्