सोमबार, मंसिर २९, २०८२

सुजुकीको मनसुन फ्री सर्भिस क्याम्प साउन २९ सम्म

 |  आइतबार, साउन २७, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, साउन २७, २०८१

काठमाडौं- नेपालको लागि सुजुकी गाडीको आधिकारिक बिक्रेता तथा सीजी होल्डिंगसको अटोमोबाइल डिभिजन सीजी मोटोकर्पले आइतबारदेखि साउन २९ गतेसम्म "KEEP YOUR CAR IN TOP SHAPE, AND LET THE MONSOON BE AN ADVENTURE" नारामा  मनसुन फ्री  सर्भिस क्याम्प’को आयोजना गर्दैछ।

National life

लगातार परिरहेको भारी वर्षाका कारण सवारी साधनमा नकारात्मक असर पर्न सक्ने र बेलैमा ध्यान नदिनाले विभिन्न समस्याको सम्भावना हुने कम्पनीले जनाएको छ। सुजुकी ग्राहकलाई यो विषयमा जानकारी गराउन र उनीहरुको गाडीलाई राम्रो अवस्थामा राखिराख्न सो क्याम्प सञ्चालन हुन लागेको पनि कम्पनीले जनाएको छ।

सर्भिस क्याम्प अवधिभर सुजुकीका ग्राहकले आफ्नो गाडीको सर्भिसमा आकर्षक छुट र अन्य अफर पाउनको साथै ७ जना भाग्यमानी ग्राहकहरुले आकर्षक एसोसरिज प्याकेज पनि जित्न सक्नेछन्।

सर्भिस क्याम्पमा ग्राहकले निशुल्क एसी/हिटर  चेक, ब्याट्री चेक र  ओभरअल चेकअपको सुविधा पाउनेछन्। त्यसैगरी, एसडीटी डायग्नोसिस र ह्विल एलाइनमेन्टमा ५० प्रतिशतसम्मको छुट पाउनुहुनेछ भने लेवर चार्जमा २०% सम्मको छुट र स्पेयर पार्टस् र इन्जिन आयलमा १० प्रतिशतसम्मको छुट पाउनेछन्।

सुजुकीको मनसुन फ्री सर्भिस क्याम्प’ नेपालभरिका सबै सुजुकी सर्भिस सेन्टरमा हुनेछ। ५४ सर्भिस आउटलेट रहेको सुजुकीसँग नेपालकै ठूलो सर्भिस सञ्जाल छ।

Laxmi sunrise bank
kumari

 

प्रकाशित: Aug 11, 2024| 15:57 आइतबार, साउन २७, २०८१
प्रतिक्रिया दिनुहोस्