सोमबार, मंसिर २९, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • ग्लोबल आइएमई बैंकका ग्राहकलाई ल्यान्डमार्क होटेलमा १५ प्रतिशत छुट

ग्लोबल आइएमई बैंकका ग्राहकलाई ल्यान्डमार्क होटेलमा १५ प्रतिशत छुट

 |  आइतबार, साउन २७, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, साउन २७, २०८१

काठमाडौं- ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहकलाई ल्यान्डमार्क होटेल एण्ड रिर्सोटमा १५ प्रतिशतसम्म छुट प्रदान गर्ने सहमति भएको छ ।

National life

सहमतिमा ग्लोबल आइएमई बैंकका ट्रान्जेक्सन बैंकिङ–सेल्स तथा बिजनेस विभाग प्रमुख प्रकाश पौडेल र ल्यान्डमार्क होटेल एण्ड रिर्सोट प्रालिका ग्रुप जनरल म्यानेजर बोधराज लम्सालले हस्ताक्षर गरे ।

सहमतिअनुसार बैंकका डेबिट/क्रेडिट कार्डवाहक तथा मोबाइल बैंकिङ एप–ग्लोबल स्मार्ट प्लस प्रयोगकर्ताहरूले ल्यान्डमार्क होटेल एण्ड रिर्सोटको काठमाडौं, पोखरा, चितवन तथा भैरहवास्थित होटेल तथा रिसोर्टमा उपलब्ध सेवामा १० देखि १५ प्रतिशतसम्म छुट प्राप्त गर्नेछन् ।

बैंकका ग्राहकले होटेल तथा रिर्सोटमा उपलब्ध सेवामध्ये बेड एण्ड ब्रेकफास्ट, खाना तथा संचालनमा रहेका अन्य सुविधाहरूमा १५ प्रतिशतसम्म छुट पाउनेछन् ।

ग्लोबल आइएमई बैंक ७७ वटै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकले ३५४ शाखा कार्यालय, ३८४ एटीएम, २५५ शाखारहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा तीनवटा वैदेशिक प्रतिनिधि कार्यालय समेतगरी एक हजार एक सयभन्दा बढी सेवा केन्द्रबाट सेवा प्रदान गर्दै आएको छ ।

Laxmi sunrise bank
kumari

 

प्रकाशित: Aug 11, 2024| 15:56 आइतबार, साउन २७, २०८१
प्रतिक्रिया दिनुहोस्