मंगलबार, मंसिर ११, २०८१
  • गृहपृष्ठ
  • अर्थ
  • फूलबारी-बंगलाबन्धु नाका खुल्यो, बंगलादेशसँगको व्यापार सहज

Siddartha premir insuranceSiddartha premir insurance

फूलबारी-बंगलाबन्धु नाका खुल्यो, बंगलादेशसँगको व्यापार सहज

 |  शनिबार, साउन २६, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

शनिबार, साउन २६, २०८१

झापा- नेपाल, भारत र भुटानको त्रिदेशीय व्यापारिक नाका फूलबारी–बंगलाबन्धु नाका खुलेकोे छ। नाका खुलाभएसँगै बंगलादेशसँगको आयात निर्यात सहज भएको छ।  

triton college

पूर्वी नाका काँकरभिट्टामा रोकिएका मोलासिसका कन्टेनर बंगलादेशतर्फ र बंगलादेशको नाकामा रोकिएका कन्टेनर नेपालतर्फ आएका नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेड शाखा कार्यालय काँकरभिट्टाका प्रमुख सुवास पाण्डेयले जानकारी दिए। उनले भने, ‘बंगलादेशमा अन्तरिम सरकार गठन भएसँगै यही साउन २३ गतेदेखि बंगलादेशसँगको आयात निर्यातमा सहज हुन थालेको छ।’

कार्यालयका अनुसार गत आव २०८०–८१ मा ४६ करोड ३१ लाख ८९ हजार सामग्री बंगलादेश निर्यात हुँदा तीन अर्व ८३ करोड ६८ लाख २२ हजार बराबरको सामग्री आयात भएको थियो। 

गत सातादेखि नाका बन्द हुँदा बंगलादेश निर्यात गर्न लोड गरिएका ११ वटा मोलासिसका कन्टेनर पूर्वीनाका काँकरभिट्टामा रोकिएका थिए। बंगलादेशमा सरकारी सेवामा कायम गरिएको आरक्षण प्रणालीको विरोधमा चर्किएको आन्दोलनको प्रत्यक्ष प्रभाव नेपाल बंगलादेश व्यापारमा समेत परेको हो। 

बंगलादेशबाट नेपालका लागि लोड भएका कन्टेनर पनि बंगलादेशतर्फ नै रोकिएका थिए। पारवहन कार्यालयको तथ्यांकअनुसार चालु आव २०८१–०८२ मा ११ दिनमा एक करोड ३५ लाख ८९ हजार पाँच सय ६३ मूल्य बराबरको सामग्री निर्यात र २० करोड ६५ लाख ६२ हजार ७३ रुपैयाँको आयात भएको छ।

Metro Mart
vianet

मेची भन्सार कार्यालय काँकरभिट्टाको तथ्यांकअनुसार दाल, जडिबुटि, मोलासिस, खाद्य पदार्थ, पशु आहाराको कच्चा पदार्थ, खयर कत्था, रंगरोगनका पदार्थ बंगलादेश निर्यात हुन्छ। यसैगरी जुट, भटमासको पिना, एलोपेथिक औषधि, लिड एसिड ब्याट्री, कपडा, फलफुलको जुस, ग्लास सिट, बिस्कुट तथा चकलेटलगायतका सामग्री आयात हुने गरेका छन्। 

प्रकाशित: Aug 10, 2024| 20:51 शनिबार, साउन २६, २०८१
प्रतिक्रिया दिनुहोस्