बिहीबार, चैत २६, २०८२

शुक्रबार र शनिबार मनसुन बुलेट राइड हुँदै

 |  बिहीबार, साउन २४, २०८१

नेपाल समय

नेपाल समय

बिहीबार, साउन २४, २०८१

काठमाडौं- नेपालको आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथ मनसुन बुलेट राइड आयोजना हुने भएको छ।

National life

बुलेट सर्भिस सेन्टर, बालाजुका सञ्चालक सञ्जय बुढाथोकीले हरेक वर्ष नेपालको विभिन्न क्षेत्रमा बुलेट बाइकको राइड सञ्चालन गर्दै आएका छन्। यसअघि नेपालको ढोरपाटन, सिन्धुली लगायतका पर्यटकीय स्थलहरूका साथै भारतको सिक्किम, गान्तोकसम्म राइड कार्यक्रम गरिएको थियो।

सोही राइडको निरन्तरता स्वरूप यसवर्ष पनि मनसुनमा राइड आयोजना गर्न लागिएको बुढाथोकीले बताए। यही साउन २५ र २६ गते आयोजना हुने दुई दिने बुलेट राइडमा करिब ३५ बाइक राइडर समावेश हुनेछन्।

उनीहरुले काठमाडौंदेखि चुम्लिङटारसम्मको यात्रा गरेर काठमाडौं फर्कनेछन्। पहिलो दिन शुक्रबार राइडरहरु काठमाडौंबाट निस्केर रिभर फन रिसोर्ट पुग्नेछन्।

त्यहाँ आरामपछि विभिन्न विभिन्न बाइकसम्बन्धी गेमहरु खेलाउने र रमाइलो कार्यक्रमहरु हुनेछ। यस्तै शनिबार र्‍याफ्टिङ कार्यक्रम हुनेछ र सबै जना काठमाडौं फर्कनेछन्।

kumari

प्रकाशित: Aug 08, 2024| 13:40 बिहीबार, साउन २४, २०८१
प्रतिक्रिया दिनुहोस्