शनिबार, जेठ १६, २०८३

नबिल बैंक र नमस्ते पे वालेटबीच सम्झौता

 |  बिहीबार, साउन २४, २०८१

नेपाल समय

नेपाल समय

बिहीबार, साउन २४, २०८१

काठमाडौं- नबिल बैंकले नमस्ते पे वालेटसँग साझेदारी गरेको  छ। यो साझेदारीले नबिल बैंकका ग्राहकहरूले नमस्ते पे वालेटका विभिन्न सेवाहरू उपयोग गर्न सक्नेछन्।

National life

मंगलबार आयोजित एक कार्यक्रमका बीच नबिल बैंकका रिटेल कारोबार बैंकिङ प्रमुख निरज शर्मा र नमस्ते पे वालेटका डेपुटी सीईओ विनय बिजुक्छेले समझदारी पत्रमा हस्ताक्षर गरे।

यो सहकार्यसँगै अब नबिल बैंकका ग्राहकहरूले एनबैंक (मोबाइल बैंकिङ) एप्लिकेसनमार्फत् आफ्नो नमस्ते पे वालेटमा सजिलैसँग पैसा लोड गर्न तथा वालेटबाट खातामा रकमान्तर गर्न  सक्नेछन्

सम्झौतामा हस्ताक्षर गर्दै नबिल बैंकका रिटेल कारोबार बैंकिङ प्रमुख शर्माले यो साझेदारीले बैंकका ग्राहक र नमस्ते पे प्रयोगकर्ताहरूले लाभ लिन सक्ने बताए।

 

Shivam cement

प्रकाशित: Aug 08, 2024| 13:37 बिहीबार, साउन २४, २०८१
प्रतिक्रिया दिनुहोस्