बिहीबार, असोज २, २०८२

गल्फ लुब्रिकेन्टको पार्टनर मिट कार्यक्रम सम्पन्न

 |  बिहीबार, साउन २४, २०८१

नेपाल समय

नेपाल समय

बिहीबार, साउन २४, २०८१

काठमाडौं- गल्फ लुब्रिकेन्टको उत्पादक एवं वितरक नेपाल ल्युब आयल लिमिटेडले हालै मात्र आफ्नो पार्टनर मिट द्यगष्मिष्लन च्भबितष्यलकजष्उ, ब्अअभभिचबतष्लन क्गअअभकक नारामा सम्पन्न गरेको छ।

Kumaribank

सिमरामा सम्पन्न दुई दिने सो कार्यक्रममा नेपालभरी रहेका ५० भन्दा धेरै पार्टनर र नेपाल ल्युब आयल लिमिटेडका प्रतिनिधिहरुको सहभागिता थियो।

देश कठिन समयमा गुज्रिरहेको र सम्पूर्ण बजार नै सुस्ताइ रहेको अवस्थामा अघिल्लो वर्षको समीक्षा गरी आगामी दिनको रोडम्याप बनाउन सो मिटमा गम्भीर छलफल भएको कम्पनीले जनाएको छ। कम्पनी, स्टेक होल्डर्स (पार्टनर, रिटेलर र प्राइभेट ग्यारेज मेकानिक्स) र ग्राहक बिचको सम्बन्ध अझै मजबुत बनाई प्रगति तर्फ अग्रसर हुनु पर्ने धारणा ब्यक्त भएको कम्पनीले जनाएको छ। कार्यक्रममा लुब्रिकेन्ट र ब्याट्री डिभिजनका विभिन्न विधामा सर्वोत्कृष्ट पार्टनरहरुलाई सम्मान पनि गरिएको थियो।

कार्यक्रममा बोल्दै नेपाल ल्युब आयल लिमिटेडका कार्यकारी निर्देशक करण चौधरीले भने, ‘अबको समय समस्या छ भनेर निराश भएर बस्ने समय होइन। सबै मिलेर एकजुट भएर समस्यालाई पछाडि राखेर अगाडि बढ्नु पर्नेछ। हाम्रो सम्बन्धलाई अझै मजबुत बनाई राख्न म र मेरो टिम हरदम तयार र प्रतिबद्ध छ। हामी आफ्नो क्षमता बढाउन नयाँ उच्च गुणस्तर ग्रेडको ल्युब उत्पादन गर्न कारखानामा थप लगानी गर्दैछौं। यसबाट नेपाली उपभोक्ताले सर्वसुलभ मूल्यमा उच्च गुणस्तरका उत्पादनहरूको फाइदा पाउनु हुनेछ।’

फ्युल रिटेल र लुब्रिकेन्टको क्षेत्रमा गल्फ विश्वमै परिचित ब्रान्ड हो र यसले अटोमोटिभ देखि इन्डष्ट्रियल सेक्टर सम्मका उत्पादन उपलब्ध गराउँछ।

Metro Mart

गल्फ लुब्रिकेन्ट नेपालमा ३९ वर्षको गौरवमय यात्रा बोकेको, विश्व प्रख्यात र सबैभन्दा सार्वाधिक विक्री हुने ब्रान्ड भएको कम्पनीको भनाइ छ।

 

प्रकाशित: Aug 08, 2024| 13:36 बिहीबार, साउन २४, २०८१
प्रतिक्रिया दिनुहोस्