मंगलबार, पुस १, २०८२

नेप्से उच्च अंकले बढ्यो, कारोबार रकम घट्यो

 |  बुधबार, साउन २३, २०८१

नेपाल समय

नेपाल समय

बुधबार, साउन २३, २०८१

काठमाडौं- हिजो मंगलबार उच्च अंकले घटेको सेयर बजार परिसूचक नेप्से आज भने बढेको छ। आज नेप्से १०८.३५ अंकले बढेर २७५९.६७ बिन्दुमा पुगेको छ। यो वृद्धि ४.०८ प्रतिशत हो।

National life

आज दिनभर ३ करोड ८० लाख ४१ हजार २६७ कित्ता सेयर १७ अर्ब ९५ करोड ९ लाख १८ हजार ६ सय २७ रुपैयाँमा किनबेच भएको छ। नेप्सेमा सूचीकृत २४२ वटा कम्पनीमध्ये २३९ वटाको सेयर मूल्य बढेको छ भने तीन वटाको मात्र घटेको छ।

आज ९ वटा कम्पनीको सेयर कारोबार सर्किट लेभलमा भयो।

केही समययता उच्च अंकले बढिरहेको सेयर बजार हिजो भने १४५.०५ अंकले घटेर २६५१.३२ मा ओर्लिएको थियो।

नेप्से घटे पनि कारोबार रकम भने बढेको थियो। हिजो बजारमा २३ अर्ब ७१ करोड ६७ लाख १६ हजार ८ सय ७४ रुपैयाँको कारोबार भएको थियो। दैनिक कारोबारमा यो नयाँ रेकर्ड हो। यसअघि दैनिक कारोबार करिब २२ अर्बसम्म पुगेको थियो।

Laxmi sunrise bank
kumari

प्रकाशित: Aug 07, 2024| 15:02 बुधबार, साउन २३, २०८१
प्रतिक्रिया दिनुहोस्