बिहीबार, चैत २६, २०८२

दैनिक सेयर कारोबारमा नयाँ रेकर्ड

 |  मंगलबार, साउन २२, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, साउन २२, २०८१

केही समययता उच्च अंकले बढिरहेको सेयर बजार आज मंगलबार भने उच्च अंकले नै ओरालो लागेको छ। आज नेप्से १४५.०५ अंकले घटेर २६५१.३२ मा ओर्लिएको छ। यो गिरावट ५.१८ प्रतिशत हो।

National life

नेप्से घटे पनि कारोबार रकम भने बढेको छ। नेपाल स्टक एक्सचेन्जमा आज सबैभन्दा बढी कारोबारको रेकर्ड तोडिएको छ ।

आज बजारमा २३ अर्ब ७१ करोड ६७ लाख १६ हजार ८ सय ७४ रुपैयाँको कारोबार भएको छ। दैनिक कारोबारमा यो नयाँ रेकर्ड हो। यसअघि दैनिक कारोबार करिब २२ अर्बसम्म पुगेको थियो।

नेप्सेमा सूचीकृत कम्पनीमध्ये आज ८ वटाको मात्र सेयर मूल्य बढेको छ। २३३ वटाको सेयर मूल्य घट्यो भने एउटाको स्थिर रह्यो । आज कुल ५ करोड ३८ लाख ४४ हजार २३७ कित्ता सेयर किनबेच भयो।

आज सबैभन्दा धेरै कमाउनेमा थ्रीस्टार हाइड्रो, कुथेली बुखरी हाइड्रो, लक्ष्मी भ्यालु फण्ड, मेगा म्युचुअल फण्ड र रुरु जलविद्युतका लगानीकर्ता छन्।

kumari

प्रकाशित: Aug 06, 2024| 15:14 मंगलबार, साउन २२, २०८१
प्रतिक्रिया दिनुहोस्