बुधबार, असार ११, २०८२

डेढ लाख पुगेको सुन २३ सय घट्यो 

 |  मंगलबार, साउन २२, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, साउन २२, २०८१

vianetvianet

काठमाडौँ- हिजो सोमबार कीर्तिमान कायम गरेको सुनको मूल्य आज तोलामा दुई हजार तीन सयले घटेको छ।

सोमबार प्रतितोला एक लाख ५० हजार कायम भई सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको थियो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनका लागि प्रतितोला एक लाख ४७ हजार सात सय मूल्य निर्धारण भएको छ। तेजाबी सुन प्रतितोला एक लाख ४७ हजार कायम भएको छ। 

चाँदीको मूल्य पनि तोलामा ६० रुपैयाँले घटेको छ। सोमबार चाँदी प्रतितोला एक हजार सात सय ८५ मा कारोबार भएकामा आजका लागि एक हजार सात सय २५ निर्धारण भएको छ।

प्रकाशित: Aug 06, 2024| 12:10 मंगलबार, साउन २२, २०८१
प्रतिक्रिया दिनुहोस्