बिहीबार, पुस ३, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • भारतमा नेपाली विज्ञापन एजेन्सी भी-चित्रले पायो पुरस्कार

भारतमा नेपाली विज्ञापन एजेन्सी भी-चित्रले पायो पुरस्कार

 |  सोमबार, साउन २१, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, साउन २१, २०८१

काठमाडौं- ‘रुरल मार्केटिङ एसोसिएसन अफ इन्डिया’ ले भारतमा आयोजना गरेको ‘फ्लेम अवार्ड २०२४’ मा नेपालको विज्ञापन एजेन्सी ‘भी चित्र’ ले २ स्वर्ण र १ रजत पुरस्कार प्राप्त गरेको छ।

National life

भी चित्रले लोकप्रिय नेपाली तयारी चाउचाउ ब्रान्ड वाइवाइका लागि सञ्चालन गरेको ‘हामी सबैको मनमा वाइवाइ’ उत्कृष्ट लामो अवधिको अभियान र कपालको हेरचाह सम्बन्धीको ब्रान्ड ‘लिभोन’ का लागि गरिएको क्याम्पेन ‘किप योर कलर्स’ वर्षको उत्कृष्ट बजेट क्याम्पेन घोषित हुँदै गोल्ड अवार्ड प्राप्त गरेको हो ।

यस्तै भी चित्रले लिभोन प्रोफेसनलका लागि गरेको अभियान वर्षकै बेस्ट इनोभेटिभ क्याम्पेन घोषित हुँदै सिल्भर अवार्डबाट सम्मानित भएको छ ।

भी चित्र डिजिटल मिडिया र कन्टेन्ट स्ट्राटेजी प्रमुख रसना डंगोलले नेपाली उपभोक्ताहरूको दृष्टिकोण टेक्नोलोजीको वृद्धि र परिवर्तनशील मार्केटिङ परिदृश्यको साथ विकसित भइरहेको बताइन् ।

प्रगतिशील समाज र उपभोक्ताहरूसँग अनुकूलन हुने गरी लिभोनले समाजको हितमा चालेका कदमहरूमा ब्रान्डको छवि प्रतिविम्बित भएको उनको तर्क छ ।

Laxmi sunrise bank
kumari

सौन्दर्य र व्यक्तिगत हेरचाहका क्षेत्रमा सबैभन्दा कम प्रतिनिधित्व गर्ने क्षेत्रमा लिभोनले लिएको पहल सराहनीय भएको र यसले लिभोनलाई एक आधुनिक ब्रान्डको रूपमा स्थापित गरेको उनको तर्क छ ।

भी चित्रले प्राप्त गरेको पुरस्कारले एजेन्सीलाई थप प्रोत्साहन मिलेको भन्दै कम्पनीका प्रमुख अनुपम श्रेष्ठले विज्ञापनले अन्य पुस्ताहरूलाई पनि जोड्ने विश्वास व्यक्त गरे । उनले ‘हामी सबैको मनमा वाइवाइ’ त्यसैको एउटा प्रमुख उदाहरण भएको बताए ।

‘वाइवाइ नेपालकै लोकप्रिय ब्रान्ड हो तर पनि पुस्तान्तरण सँगसँगै ग्राहकहरूसँग सम्बन्ध बनाइराख्नु उत्तिकै जरुरी हुन्छ,’ उनले भने, ‘सन् २००० को प्रारम्भमा सुरु गरिएको मौलिक अभियान ‘हामी सबैको वाइवाइ’ ले गहिरो रूपमा सबैको मनमा प्रतिध्वनित गरेको छ ।

पुराना र नयाँ दुवै दर्शकहरूलाई जोड्ने कुराहरूको सिर्जना गर्न, दुवैसँग भावनात्मक सम्बन्ध र संलग्नता कायम गर्न स्थापित परिचयको लाभ लिँदै पुराना भावनाहरूमा आधुनिक टच मिसाउने उनको भनाइ छ ।

 

प्रकाशित: Aug 05, 2024| 17:13 सोमबार, साउन २१, २०८१
प्रतिक्रिया दिनुहोस्