सोमबार, साउन ११, २०८३

विश्वविद्यालयका प्राध्यापक किन उत्रिए आन्दोलनमा ?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
भीमदत्तनगर- कञ्चनपुरको भीमदत्तनगरस्थित सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय क्याम्पसका प्राध्यापक आन्दोलनमा उत्रेका छन् । 

विश्वविद्यालय केन्द्रीय क्याम्पसका प्रमुख डा भूपेन्द्र विष्टले एकलौटीरुपमा ६ आंशिक शिक्षक प्रशासन र विभिन्न विभागका लागि भन्दै २० कर्मचारी दैनिक ज्यालादारीमा भर्ना गरेपछि विधि प्रक्रिया मिचिएको भन्दै प्राध्यापकहरुले आन्दोलन थालेका हुन् । 

प्राध्यापक सङ्घले नियुक्ति खारेज नभएसम्म आन्दोालन जारी राख्ने जनाएको छ । सङ्घका संयोजक यज्ञराज पाठकले अवैधानिक नियुक्ति खारेज र प्रमुख डा विष्टको राजीनामा समेत माग गरे । “प्रमुखले आवेदनसमेत दिने मौका नदिई गुपचुप नियुक्ति दिए”, उनले भने । 

प्रमुखको काम, कर्तव्य र अधिकारमा क्याम्पसका लागि आवश्यकपर्ने शिक्षक, कर्मचारीको दरबन्दी कार्यकारी परिषद्मा सिफारिश गर्ने व्यवस्था भए पनि विष्टले एकलौटीरुपमा नियुक्ति दिएपछि एक सातादेखि सुदूरपश्चिम विश्वविद्यालयमा तनाव छ । 

विभिन्न विद्यार्थी सङ्गठन आन्दोलनमा रहेका बेला प्राध्यापक सङ्घले उक्त विषयलाई लिएर सङ्घर्षका कार्यक्रम सार्वजनिक गरेको छ । संयोजक पाठकका अनुसार सङ्घका ८० प्राध्यापक आन्दोलनमा छन् । “विनासूचना, विनापरीक्षा कर्मचारी राख्न पाइन्न, विधि प्रक्रिया मिच्ने काम भएको छ,” उनले भने ।  

क्याम्पस प्रमुख डा विष्टले आफ्नो अधिकार प्रयोग गरेर प्रक्रियासङ्गत ढङ्गबाट आंशिक शिक्षक र कर्मचारी नियुक्त गरेको बताए ।  रासस 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।