बिहीबार, असोज २, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • नेप्से ४० अंकले वृद्धि हुँदा २१ अर्ब ८६ करोडको कारोबार

नेप्से ४० अंकले वृद्धि हुँदा २१ अर्ब ८६ करोडको कारोबार

 |  सोमबार, साउन २१, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, साउन २१, २०८१

काठमाडौं- यो साताको कारोबारको पहिलो दिन आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा एक दशमलव ४७ प्रतिशतको वृद्धि देखिएको छ। नेप्से परिसूचक ४० दशमलव ७६ अङ्कले बढेर आज दुई हजार सात सय ९६ दशमलव ३८ को बिन्दुमा कायम भएको हो। 

Kumaribank

आज तीन सय २६ कम्पनीको चार करोड ९७ लाख ७३ हजार सात सय ३० कित्ता शेयर दुई लाख ३८ हजार ७८ पटक खरिदबिक्री हुँदा रु २१ अर्ब ८६ करोड ४९ लाख ९२ हजार दुई सय ७७ बराबरको कारोबार भएको छ।

होटल तथा पर्यटन समूहको उपसूचक आज सबैभन्दा धेरै छ दशमलव ६९ प्रतिशतले बढेको छ। त्यस्तै, जलविद्युत् समूह तीन दशमलव ०९, लगानी तीन दशमलव ५२, जीवन बीमा तीन दशमलव २३, जीवन बीमा एक दशमलव २५, व्यापार पाँच दशमलव ७० र अन्य समूह पाँच दशमलव ७३ प्रतिशतले बढेको छ। अरु समूहको उपसूचक भने रातो देखिएको छ। 

आठवटा कम्पनीको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ। रुरु जलविद्युत् परियोजना लिमिटेड, सिइडिबी हाईड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड, सगरमाथा जलविद्युत् कम्पनी लिमिटेड, कुथेली बुखारी स्मल हाइड्रोपावर लिमिटेड, भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड, माथिल्लो मैलुङ खोला जलविद्युत् लिमिटेड, भिजन लुम्बिनी ऊर्जा कम्पनी लिमिटेड र मुक्तिनाथ कृषि कम्पनी लिमिटेडको शेयर मूल्य १० प्रतिशतले बढेको हो। नेपाल फाइनान्स लिमिटेडको शेयर मूल्यमा भने आज नकारात्मक सर्किट लागेको छ।

कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा आज सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्स लिमिटेडको रु एक अर्ब २६ करोड चार लाख ८८ हजार सात सय ७२ बराबरको १५ लाख ४९ हजार ९८ कित्ता शेयर किनबेच भएको छ।

Metro Mart

प्रकाशित: Aug 05, 2024| 16:37 सोमबार, साउन २१, २०८१
प्रतिक्रिया दिनुहोस्